site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रविन्द्र जडेजाले पनि लिए टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास
Siddhartha BankSiddhartha Bank

काठमाडौं । भारतीय क्रिकेट टिमका अलराउन्डर रविन्द्र जडेजाले पनि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका छन् ।

आइतबार इन्स्टाग्राममार्फत ३५ वर्षिय जडेजाले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका हुन् ।

Agni Group
NIC Asia

"कृतज्ञताका साथ टी–२० अन्तर्राष्ट्रिय खेललाई अलबिदा । मैले मेरो देशका लागि सधैँ आफ्नो उत्कृष्ट प्रदर्शन गरेँ र त्यसलाई अन्य ढाँचाहरूमा पनि जारी राख्नेछु ।  टी–२० विश्वकप जित्नु सपनाजस्तै थियो । तपाईंहरूको अटल विश्वासका लागि धन्यवाद," उनले लेखेका छन् ।

जडेजाले सन् २००९ मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए । उनले टी–२० ढाँचामा कुल ७४ खेल खेले । १२७.१६ को स्ट्राइक रेटमा ५१५ रन बनाएका उनले ५४ विकेट लिएका छन् ।

Global Ime bank

विश्वकपको उपाधि जितेपछि टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने उनी तेस्रो खेलाडी बनेका छन् । यसअघि शनिबार कप्तान रोहित शर्मा र पूर्वकप्तान विराट कोहलीले सन्न्यासको घोषणा गरेका थिए ।

शनिबार बार्बाडोसमा भएको फाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै भारतीय टोलीले १७ वर्षपछि टी–२० विश्वकपको उपाधि जितेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १८:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय