site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पेनाल्टी चुकाएपछि रोनाल्डोले भने– टिमलाई आवश्यक पर्दा म सबैभन्दा अन्तिममा थिएँ

काठमाडौं । युरो–२०२४ अन्तर्गत स्लोभेनियाविरुद्ध पेनाल्टीमा गोल गर्न असफल बनेपछि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले भावुक प्रतिक्रिया दिएका छन् ।

प्रतियोगितामा सोमबार राति भएको खेलमा पोर्चुगलले स्लोभेनियाविरुद्ध पेनाल्टी सुटआउटमा ३–० ले हराउँदै क्वार्टरफाइनलमा स्थान सुनिश्चित गरेको थियो ।

खेलको निर्धारित समय गोलरहित बराबरीमा रोकिएर अतिरिक्त समयमा पुग्दा पोर्चुगलले १०५औँ मिनेटमा पेनाल्टीको अवसर पाएको थियो । तर, पेनाल्टीका लागि आएका रोनाल्डोको प्रहार स्लोभेनियाका गोलकिपर जान ओब्लाकले रोकेपछि रोनाल्डो भावुक बनेका थिए । खेल अतिरिक्त समयमा पनि गोलरहित बनेर पेनाल्टीमा पुग्दा रोनाल्डो रोइरहेको दृष्य अहिले चर्चामा छ ।

तर, खेलपछि रोनाल्डोले स्लोभेनियाविरुद्ध आफू दुःखी र खुसी एकसाथ बनेकोसमेत बताए ।

“सबैभन्दा बलियो मान्छेको पनि सबैभन्दा कठिन दिन हुन्छ । म टिमलाई सबैभन्दा धेरै आवश्यक पर्दा अन्तिममा थिएँ,” रोनाल्डोले भने, “सुरु दुःखद हुनु भनेको अन्य सुखद हुनु हो । यो नै फुटबल हो । मैले दुःखद र सुखद दुवै अनुभव एकैपटक गरेँ । तर, टिमले राम्रो गर्‍यो । हामी अन्तिमसम्म लडिरह्र्यौँ । मलाई लाग्छ आज हामी जितका लागि योग्य थियौँ ।”

प्रतियोगिताको सेमिफाइनल प्रवेशका लागि पोर्चुगलले अब फ्रान्ससँग खेल्नेछ ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १६:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro