site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
शतप्रतिशत जितसहित उरुग्वे समूह विजेता, बोलिभियालाई हराउँदै पानामा अन्तिम–८ मा

काठमाडौं । समूह चरणको अन्तिम खेलमा अमेरिकालाई १–० ले हराउँदै उरुग्वे शतप्रतिशत जितसहित कोपा अमेरिका–२०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार बिहान अरोहेड रंगशालामा उरुग्वेलाई जित दिलाउन माथियस ओलिभेराले निर्णायक गोल गरे । ओलिभेराले ६६औँ मिनेटमा गोल गर्दै उरुग्वेलाई अग्रतामा राखेका थिए ।

Dabur Nepal
NIC Asia

जितसँगै तीन खेलबाट नौ अंक जोडेको उरुग्वे समूह ‘सी’को विजेता बन्दै क्वार्टरफाइनलमा पुगेको हो । पराजित अमेरिका प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।

पानामा ३–१ बोलिभिया
मंगलबार नै भएको अर्को खेलमा बोलिभियाविरुद्ध ३–१ को जित निकाल्दै पानामाले क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ । जितसँगै पानामा समूह ‘सी’को उपविजेता बनेको हो ।

पानामाले तीन खेल खेल्दा ६ अंक जोड्यो । जितविहीन बोलिभिया तालिकाको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १०:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro