site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डियागो कोस्टा नायक बन्दा पोर्चुगल अन्तिम–८ मा, फ्रान्ससँग खेल्ने

काठमाडौं । गोलकिपर डियागो कोस्टाले ‘टाइब्रेकर’मा तीन प्रहार बचाएपछि स्लोभेनियाविरुद्ध पेनाल्टी सुटआउटमा ३–० को जित निकाल्दै पोर्चुगल युरो–२०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार जर्मनीको डोयुचे बैंक पार्कमा खेलको निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो ।

पेनाल्टीमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो, ब्रुनो फर्नान्डेज र बर्नार्डो सिल्भाले गोल गरे । स्लोभेनियाका योसेफ इलिचिच, जुर बाल्कोभिच र बेन्जामिन भर्बिचको प्रहारलाई पोर्चुगलका गोलकिपर डियागो कोस्टाले विफल बनाए ।

त्यसअघि, कप्तान रोनाल्डोले १०५औँ मिनेटमा पेनाल्टीको अवसर खेर फाल्दा पोर्चुगल अग्रता लिनबाट चुकेको थियो । सोही मिनेटमा स्लोभेनियाका प्रशिक्षक माजास केकले रातो कार्डको दर्शन गर्दै मैदान छाडेका थिए ।

जितसँगै पोर्चुगलले सातौँपटक युरोपियन च्याम्पियनसिपको क्वार्टरफाइनलमा स्थान बनाएको हो । पोर्चुगलले अब सेमिफाइनल प्रवेशका निम्ति फ्रान्ससँग खेल्नेछ । सोमबार राति नै भएको अर्को खेलमा बेल्जियमविरुद्ध १–० को जित निकाल्दै फ्रान्सले क्वार्टरफाइनल यात्रा तय गरेको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १०:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro