site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संविधान संशोधन गर्ने गठबन्धनको मुद्दामा राप्रपाको स्वागत
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पदाधिकारी बैठक सकिएको छ । पदाधिकारी बैठकले संविधान संशोधनको पक्षमा पार्टी उभिने निर्णय गरेको छ ।

बैठकपश्चात् जानकारी दिँदै पार्टी प्रवक्ता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले राप्रपा संविधानको पक्षमा रहेको बताए । उनले सरकारमा सहभागिताको विषय भने परिस्थितिअनुसार निर्णय हुने जानकारी दिए ।

“राप्रपा संविधान संशोधनको पक्षमा छ । परिस्थिति मूल्यांकन गरेर अन्य विषयमा निर्णय हुन्छ,” उनले भने ।

त्यस्तै, पार्टी महामन्त्री कुन्ती शाहीले संविधान संशोधन गर्ने कांग्रेस–एमाले गठबन्धनको प्रस्ताव पार्टीले स्वागत गरेको जानकारी दिइन् । उनले सरकार गठनको प्रक्रिया प्रारम्भ नभइसकेकाले त्यसबारे छलफल नभएको बताइन् । “प्रक्रिया सुरु भएपछि सरकारबारे उचित समयमा उचित निर्णय गर्नेछौँ,” शाहीले बाह्रखरीसँग भनिन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १६:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro