site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसीमा बाढीपहिरो र चट्याङबाट चार दिनमा नौजनाको मृत्यु, दुई बेपत्ता
ताप्लेजुङको पहिरोको दृश्य । फाइल तस्बिर ।

विराटनगर । अविरल वर्षासँगै बाढीपहिरो, चट्याङबाट पछिल्ला चार दिनमा कोसी प्रदेशमा नौजनाको मृत्यु भएको छ । यो अविधमा चट्याङ लागेर मात्र तीनजनाको मृत्यु भएको कोसी प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।

चट्याङ लागेर झापाको कमल गाउँपालिका–२ का ४६ वर्षीय राजन खड्का, झापाकै गौरादह नगरपालिका–८ का ४२ वर्षीय विकास गिरी र सुनसरीको रामधुनी नगरपालिका–४ का ३० वर्षीय उमेशकुमार चौधरीको मृत्यु भएको छ ।

मोरङको केराबारी गाउँपालिका–४ स्थित गोगुने खोलामा आएको बाढीले बगाउँदा स्थानीय ११ वर्षीय श्याम राईको मृत्यु भएको छ । साथीहरूसँग स्कुल जाने क्रममा उनलाई बाढीले बगाएको थियो ।

उनीसँगै स्कुल जाँदै गरेका १४ वर्षीय भरत राई, १३ वर्षीय अनुप राना, १२ वर्षीय प्रविन राई र १२ वर्षीय अर्पन लिम्बूलाई समेत खोलाले बगाएको थियो । स्थानीय र प्रहरीले उनीहरूको सकुशल उद्धार गरेका थिए ।

मोरङकै सुन्दरहरैँचा नगरपालिका–५ स्थित बुढीखोलाले बगाउँदा स्थानीय २२ वर्षीया प्रेमकला चौधरीको मृत्यु भएको छ । माछा मार्ने क्रममा सोही खोलाको बाढीले बगाएका दुईजना अझै बेपत्ता छन् ।

उता, झापाको मेचीनगर नगरपालिका–१४ स्थित फूलवासा खोलाले बगाउँदा डेढ वर्षीय बालक रिहान सतारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–५, थुम्कीमा पहिरोले घर पुरिँदा स्थानीय ३५ वर्षीया श्रीमती देवकुमारी खत्रीको मृत्यु भएको छ ।

खेतमा जमेको पानीमा डुबेर मोरङको रतुवामाई नगरपालिका–५, मल्दैया टोलका दुई वर्षीय बालक मोहमद मुसाको मृत्यु भएको छ ।

मोरङकै रंगेली नगरपालिका–४ स्थित घाँगी खोलाले बगाउँदा ४५ वर्षीय नागेन मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १३:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro