site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
केन्यामा सरकारविरोधी प्रदर्शनमा ३० जनाको मृत्यु
तस्बिर : रोयटर्स ।

नैरोबी । केन्यामा कर पर्याप्त मात्रामा बढाउने सरकारी अभियानको विरोधमा यस हप्ता भएको प्रदर्शनका क्रममा कम्तीमा ३० जनाको मृत्यु भएको ह्युमन राइट्स वाचले शनिबार जनाएको छ ।

केन्याली सुरक्षा बलले यही जुन २५ मा प्रदर्शनकारीको भीडमा सिधै गोली हानेको र भागिरहेका प्रदर्शनकारीको पनि मृत्यु भएको अधिकारवादी समूहद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

ह्युमन राइट्स वाचका अफ्रिका निर्देशक ओत्सिनो नाम्वायाले प्रदर्शनकारी भाग्न खोज्दा औचित्यबिना भीडमा सिधै गोली चलाउनु केन्या र अन्तर्राष्ट्रिय कानुनअन्तर्गत पूर्ण रूपमा अस्वीकार्य भएको जनाएका छन् । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, असार १५, २०८१  १४:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro