site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्‍यौँ : अध्यक्ष नेपाल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेबाट विद्रोह गरेर न्यायाचित काम गरेको बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘जनताका नेता नेपाल’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा (एमाले)बाट विद्रोह गर्नुको अर्को कुनै विकल्प नभएको बताए ।

उनले एमालेबाट विद्रोह गरेर आफूहरूले संविधान बचाएको र राजनीतिक स्थिरता कायम गरेको स्पष्ट पारे । आफूहरूले मुलुकलाई सही दिशामा अगाडि बढाउन भूमिका निर्वाह गरेको भन्दै विद्रोह गरेर सही र न्यायोचित काम गरेको बताए । एमालेबाट विद्रोह नगरेको भए आफूहरू गल्लीमा भड्किइरहेको अवस्थामा हुने उल्लेख गरे ।  आफूहरूले आत्मसर्मपण नगरेको उनको भनाइ छ ।

"विद्रोहबाहेक अर्को कुनै विकल्प थिएन । विद्रोह गरेर संविधान बचायौँ हामीले । विद्रोह गरेर राजनीतिक स्थिरता कायम गर्‍यौँ । विद्रोह गरेर हामीले मुलुकलाई सही दिशामा अगाडि बढाउनका लागि भूमिका निर्वाह गर्‍यौँ । अत्यन्तै सही काम गर्‍यौँ । कम्युनिस्ट आन्दोलनलाई जोगायौँ । गलत प्रवृत्तिका विरुद्धमा जुध्यौँ । र आन्दोलनलाई नयाँ उचाईमा पुर्‍याउनका लागि फेरि पनि पार्टीलाई क्रान्तिकारीकरण गर्नका लागि नयाँ पार्टी निर्माण गर्‍यौँ, उनले भने,  नयाँ पार्टी गठन गरेर, विद्रोह गरेर न्यायोचित काम गर्‍यौँ । नभए हामी हराइसकेका हुन्थ्यौँ । हामीले गल्लीमा भड्किइरहनुपर्ने स्थिति बन्थ्यो । आत्मसर्मपण गर्नुपर्ने अवस्था बन्थ्यो । हामीले ती सबै कुराहरूलाई स्वीकार गरेनौँ । हामीले समर्पण गरेनौँ । धेरै मान्छेलाई निराश हुनबाट जोगायौँ । कम्युनिस्ट आन्दोलनलाई निरन्तरता दियौँ । र सिंगो देशमा हाम्रो छुट्टै उपस्थिति अहिलेसम्म देखाएका छौँ । हाम्रो भूमिकालाई स्थापित गरेका छौँ ।"

अध्यक्ष नेपालले पार्टीले आफ्नो छुट्टै उपस्थिति देखाएको र आफ्नो भूमिकालाई स्थापित गरेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १८:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro