site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इन्दिरा गान्धी विमानस्थलको छत खस्दा ६ जना घाइते, उडान स्थगन
Siddhartha BankSiddhartha Bank

नयाँ दिल्ली । भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलको एक छत खसेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार छत खस्दा ६ जना घाइते भएका छन् । छत गाडी र ट्याक्सीमाथि खस्दा केही मानिस पुरिएको जनाइएको छ ।

दिल्ली फायर विभागलाई घटनाको सूचना दिइएको छ । विभागका चार गाडी उद्धारका लागि त्यहाँ पुगेका छन् । छतका साथै त्यसमा सपोर्ट गर्ने बीम समेत खसेको जनाइएको छ । जसका कारण पिक अप र ड्रप अपका लागि त्यहाँ गएका गाडी क्षतिग्रस्त भएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

नागरिक उडड्यनमन्त्री राममोहन नायडुले एक्समा व्यक्तिगत रूपमा उनले घटनालाई हेरिरहेको र घाइतेलाई अस्पताल पठाइएको जनाएका छन् ।
 
दिल्लीको इन्टरनेसनल एयरपोर्ट लिमिटेडका प्रवक्ताले भनेका छन्, “तीव्र वर्षाका कारण बिहान ५ बजे टर्मिनल १ को पुरानो डिपार्चरको बाहिरको छतको  हिस्सा खसेको छ । केही मानिस घाइते भएको खबर छ । सबै पीडितलाई आपतकालीन सेवाअन्तर्गत मद्धत र मेडिकल सेवा उपलब्ध गराइएको छ ।” 

यो घटनाको कारण टर्मिनल १ का सबै उडान अस्थायी रूपमा रोकिएका छन् । सुरक्षाका कारण चेक इन काउन्टर पनि बन्द गरिएको उनले जनाएका छन् ।बीबीसी
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १०:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय