अर्थ व्यवसाय

काठमाडौं । सामाजिक सुरक्षा कोषको केन्द्रीय कार्यालय सरेको छ । यसअघि बबरमहलबाट सेवा दिँदै आएकोमा कोषले अब थापाथलीस्थित राष्ट्रिय वाणिज्य बैंक भएको भवनबाट दिनेछ ।
कोषका प्रवक्ता विवेक पन्थीका अनुसार असार ९ गतेदेखि केन्द्रीय कार्यालयका सबै काम थापाथलीमा रहेको वाणिज्य बैंकको शाखा भएको भवनबाट दिइरहेको छ ।
यस भवनको दोस्रो, तेस्रो र चौथौ तलाबाट सेवा दिइने पनि उनले जानकारी दिएका छन् ।
प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१ १०:४६
प्रतिक्रिया दिनुहोस्