site stats
बाह्रखरी :: Baahrakhari
कला
‘माइली’को मुख्य भूमिकामा प्रियंका

काठमाडौं । नेपाली कथानक चलचित्र ‘माइली’मा अभिनेत्री प्रियंका कार्की अनुबन्धित भएकी छन् । बाबुसाहेब बलामीको कन्सेप्ट र निर्देशन रहने चलचित्रको मुख्य भूमिकामा प्रियंकालाई निर्माणपक्षले अनुबन्ध गरेको हो ।

प्रियंकाको पोस्टरलुक पनि सार्वजनिक गरिएको छ । पोस्टरलुकमा प्रियंकालाई ग्रामीण महिलाको चरित्रमा देखाइएको छ ।

निर्देशक बलामीका अनुसार सत्य घटनामा आधारित रहेर चलचित्र निर्माण हुनेछ । चलचित्रमा महिलाको पीडा देखाइनेछ । 

दलित महिलाको श्रीमान् नभएपछि ऊमाथि समाजको कस्तो दृष्टि रहन्छ भन्नेमा सिनेमाको कथा केन्द्रित रहनेछ । 

असारको अन्तिमबाट छायांकन सुरु हुने चलचित्र मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौं र दुबईमा खिचिनेछ ।
 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १०:२४
प्रतिक्रिया दिनुहोस्