देश
![काठमाडौंको रामकोटमा कलभर्टमा कार खस्यो, एकजनाको मृत्यु](https://12khari.top/uploads/posts/accident-1711767226.jpg)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
काठमाडौं । काठमाडौंको रामकोटमा कलभर्टमा एउटा कार खसेको छ । कलभर्टमा कार खस्दा एकजनाको मृत्यु भएको काठमाडौं प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बिहान करिब २ बजेतिर कार कलभर्टमा खसेको थियो । बाप्र ०२७ च ०४९१ नम्बरको कार कलभर्टमा खस्दा त्यसका चालक अन्दाजी ५० वर्षका पूर्ण दर्नालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिहानीपखमात्रै कारलाई कलभर्टबाट बाहिर निकालिएको थियो ।
प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१ ०८:५५
प्रतिक्रिया दिनुहोस्