site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतीय सेना प्रमुखमा जनरल उपेन्द्र द्विवेदी 

काठमाडौं । जनरल उपेन्द्र द्विवेदीले आइतबारदेखि भारतीय सेना प्रमुखको जिम्मेवारी सम्हालेका छन् । भारतीय सेना प्रमुख जनरल मनोज पांडेले आइतबार अवकाश पाएपछि द्विवेदीले उनको स्थान लिएका हुन् । 

अवकाश पाएका जनरल मनोज पांडेले ३० अप्रिल २०२२ बाट भारतीय सेनाको सर्वोच्च पद ‘चिफ अफ आर्मी स्टाफ’को जिम्मेवारी सम्हाल्दै आएका थिए । 

जनरल द्विवेदी भारतको ३०औँ सेना प्रमुख भएका छन् । जनरल द्विवेदीसँग चीन र पाकिस्तानसँगको सीमामा भएका विशेष अपरेसनको राम्रो अनुभव छ । 

आइतबार सेना प्रमुख हुनुअघि उनी भारतीय सेनामा भाइस चिफ अफ आर्मी स्टाफका रूपमा कार्यरत थिए ।

गत महिना भारत सरकारले जनरल पांडेको कार्यकाल एक महिना बढाएको थियो । समय थप नगरेको भए उनले मे ३१ मा अवकाश पाइसकेका हुन्थे । अवकाशमा जानु ६ दिन अगाडि उनको कार्यकाल एक महिना थपिएको थियो, जुन भारतमा एकदमै कम हुनेगर्छ ।

नेपाल र भारतबीच एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको सम्मान दिने अभ्यास छ । 
 

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १९:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro