![पुल्चोक क्याम्पस र ६ वटा कम्पनीबीच ‘पेड इन्टर्नसिप’ सम्झौता](https://12khari.top/uploads/posts/NSU-1719755298.jpg)
काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पस र नेपालका विभिन्न उत्कृष्ट कम्पनीबीच ‘पेड इन्टर्नसिप’ सम्झौतामा हस्ताक्षर भएको छ ।
नेपाल विद्यार्थी संघ (नेविसघं)को समन्वयमा आइतबार ‘पेड इन्टनसिप’को दोस्रो चरणको अभियानअन्तर्गत उक्त हस्ताक्षर गरिएको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए ।
शेर्पाका अनुसार क्याम्पसले चौधरी ग्रुप, शर्मा कन्स्ट्रक्सन, लामा कन्स्ट्रक्सन, टेक्नोक्वारी कन्सुल्टस, कान्छाराम कन्स्ट्रक्सन, बलियो भेन्चर्ससँग एमओयू गरेको हो । जसमा सिभिल, मेकानिकल, केमिकल, इलेक्ट्रिकल विभागका विद्यार्थीहरूले इन्टर्नसिप गर्नेछन् ।
“न्यूनतम १५ हजार मासिक पाउने गरी एमओयूमा हस्ताक्षर गरिएको हो । यो अभियान नेपाल ल क्याम्पसलगायत अन्य क्याम्पसहरूका लागि पनि जारी रहेनछ,” उनले भने ।
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)