![बाढी, पहिरो र चट्याङका घटनामा दुई सातामा ३६ जनाले गुमाए ज्यान](https://12khari.top/uploads/posts/lamjung_pahiro-1719387057.jpg)
काठमाडौं । असार सुरु भएपछिको दुई सातामा बाढी, पहिरो र चट्याङका घटनामा परी देशभर ३६ जनाले ज्यान गुमाएका छन् ।
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार असार १ देखि १५ गतेसम्मको अवधिमा उनीहरूले ज्यान गुमाएका हुन् ।
बितेको दुई सातामा बाढी, पहिरो र चट्याङका २५० घटना रेकर्ड भएको केन्द्रले जनाएको छ । ती घटनामा पनि एक जना बेपत्ता भएका भएका छन् भने ४८ जना घाइते भएका छन् ।
बाढी, पहिरो र चट्याङले पछिल्लो दुई सातामा साढे ६ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति गरेको छ ।
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
चट्याङ लागेरमात्र असार १ गतेयता १८ जनाको मृत्यु भएको छ । उक्त अवधिमा पहिरोका घटनामा परी १७ जना र बाढीका घटनामा परी एक जनाको मृत्यु र एक जना बेपत्ता भएका छन् ।