site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
पाकिस्तानमा गर्मीले ६ दिनमा ५०० जनाभन्दा बढीको मृत्यु

काठमाडौं । पाकिस्तानमा अचाक्ली गर्मीका कारण ६ दिनमा ५०० भन्दा बढी मानिसको मृत्यु भएको छ । एदही एम्बुलेन्स सर्भिसका अनुसार, कराँची सहरमा गर्मीका कारण दैनिक ३० देखि ४० जनाको मृत्यु भइरहेको छ ।

उनीहरू सबैको मृत्यु गर्मीकै कारणले भन्ने पुष्टि भएको छैन । तर, गर्मीकै कारण मृत्यु भएकाको संख्या बढी रहेको अनुमान छ । कराँचीमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । ‘ह्युमिडिटी’ यति धेरै छ कि तापक्रम ४९ डिग्री सेल्सियसजस्तो महसुस भइरहेको छ ।

Dabur Nepal
NIC Asia

गएको आइतबारदेखि बुधबारका बीचमा २६७ मानिसलाई ‘हिट स्ट्रोक’का कारण कराँची अस्पतालमा भर्ना गरिएको थियो । इमर्जेन्सी विभागका प्रमुख डा. इमरान सरवर सेखले तीमध्ये १२ जनाको मृत्यु भएको बताएका छन् ।

डा. सेखका अनुसार, त्यसरी अस्पतालमा लगिएका व्यक्ति ६० वा ७० वर्ष पार गरिसकेका छन् । केही ४५ आसपास र २० वर्ष हाराहारी उमेर समूहका पनि बिरामी भएका उनले जनाएका छन् ।

गएको साता पाकिस्तानमा आंशिक लू भनिएको थियो । लूबाट जोगिन क्याम्प तथा सेन्टर बनाइएका थिए । कतिपयलाई उपचारको खाँचो भए पनि उनीहरू अस्पताल नै पुग्न नपाएको जनाइएको छ ।

रोयटर्सका अनुसार, बुधबार कराँचीको तापक्रम ५२.२ डिग्री सेल्सियससम्म पुगेको थियो । बीबीसी हिन्दीबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  ११:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro