site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
रिद्धिसिद्धिविरुद्ध सबै सुन व्यवसायी किन उत्रिए ? 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । सुनचाँदी व्यवसायीहरूका संगठनहरूले बुधबार काठमाडौंमा ‘सुनचाँदी व्यवसायी र श्रमजीवी कालिगढ एकता’ को नारा दिएर विरोध र्‍याली गरे ।  सुनचाँदी व्यवसायीका १० वटा संघहरू मिलेर ‘सुनचाँदी व्यवसायी तथा कालिगढ बचाउ’ अभियानको नाममा यो पदयात्रा गरेका थिए ।

उनीहरु न्यूरोडमा रहेको रिद्धिसिद्धि पसल अगाडि पनि पुगे । न्यूरोड गेटबाट सुरु भएको उक्त पदयात्रा इन्द्रचोकमा पुगेर टुङ्गिएको थियो ।  व्यवसायीले बुधबार काठमाडौंमा भएका सुनचाँदी पसलहरू बन्द गरेर सञ्चालक तथा कर्मचारी उक्त यात्रामा सहभागी थिए । तर, विशालबजारस्थित श्री रिद्धिसिद्धि ज्वलेर्स भने खुला थियो । 

काठमाडौं सुनचाँदी व्यवसायी संघले बुधबार सम्पूर्ण व्यवसायी सदस्यहरूलाई पसल बन्द गरेर र्‍यालीमा आउन भनेर पत्र काटेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

संघले खुलाएर नै भन्सार दर, व्यवसायीहरूलाई व्यवसाय गर्न ऐन, नियम, मापदण्ड माग गर्दासमेत प्रकाशन नभएको र एक व्यवसायीले एकलौटी रूपमा सस्तो प्रचार गरेको विषय कालिगढ र व्यवसायीमुखी नभएको भन्दै त्यसमा विरोध जनाउन पनि उपस्थित हुन भनिएको थियो । 

riddisiddi1-1719458601.jpg
 

Global Ime bank

एक व्यवसायी भन्नाले रिद्धिसिद्धि ज्वेलर्सका सञ्चालक नरेन्द्रकुमार गुप्तालाई लक्षित गरिएको थियो । यसको पुष्टि पनि भएको छ । किनभने र्‍यालीमा उपस्थित भएकाहरूले ‘रिद्धिसिद्धि मुर्दावाद’ भन्दै सो पसलको अगाडि नाराबाजी गरेका थिए । 

यसरी रिद्धिसिद्धिविरुद्ध खनिनुको कारण थियो, रिद्धिसिद्धिले पछिल्लो समय निकालेको विज्ञापन । 

रिद्धिसिद्धिले एकलौटी रूपमा यसरी अरू व्यवायीलाई नै असर पर्नेगरी विज्ञापन गरेको भनेर सुरुदेखि नै रत्न व्यवसायी संघ नेपाल, नेपाल सुनचाँदी कला व्यवसायी संघ र नेपाल राष्ट्रिय सुनचाँदी कालिगढ संघले विरोध गर्दै आएका थिए ।

त्यस्तै, ललितपुर सुनचाँदी व्यवसायी संघ, नेपाल चुनचाँदी व्यवसायी संघ काभ्रे, भक्तपुर सुनचाँदी व्यवसायी संघ, नेपाल रत्न तथा आभूषण संघ, काठमाडौं सुनचाँदी व्यवसायी संघ, नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मन्च र नेपाल सुनचाँदी शिल्प व्यवसायी संघले पनि विरोध जनाउँदै आएका थिए ।

riddisiddi2-1719458601.jpg
 

¥यालीमा पनि यी संस्थाहरूमा आवद्ध व्यवसायीहरू र तिनका कर्मचारी उपस्थित थिए । यसअघि ज्याला र जर्तिमा १२ प्रतिशतसम्म शूल्क लिँदै आएकोमा रिद्धिसिद्धिले अहिले ७ प्रतिशत मात्र लिने भन्ने विज्ञापन गर्दै आएको छ । यो छुट असार १५ गतेसम्म भनिएको छ । 

जर्तिको नाममा उपभोक्ता ठगिएकाले उपभोक्तालाई सजग गराउन आफूले जर्तिको पैसा नलिने निर्णय गरेको रिद्धिसिद्धिका सञ्चालक नरेन्द्रकुमार गुप्ता बताउँछन् । आफू नेपाल रत्न तथा आभुषण संघ काठमाडौंको वरिष्ठ उपाध्यक्ष हुँदा उपभोक्ताको हितमा काम गरौंभन्दा निष्कासित हुनु परेको पनि बताउँछन् । 

“जर्तिको नाममा अहिले सुन व्यवसायीले उपभोक्ता ठगिरहेका छन् । त्यसमा मैले छुट दिएको हुँ,” उनले भने, “मैले छुट दिएपछि सबै केही व्यवसायीहरू मेरो विरुद्धमा लागेका छन् ।” 

सरकारसँग व्यवसायीले राखेका मागमा आफ्नो सहमति रहेको गुप्ताले बताए । तर, राष्ट्र बैंकले दिने कोटाको सुन आफूलाई नदिने र सिन्डिकेट गर्ने कार्य व्यवसायीले गरेको पनि उनको गुनासो छ । 

बजारमा बैध तरिकाले आउने सुन न्यून छ । मूल्य उच्च हुँदै जाँदा गुप्ताले छुट दिएर ठूलो कारोबार गर्दा शंका गर्नुपर्ने ठाउँ प्रशस्त भएको व्यवसायीहरू बताउँछन् ।

अहिले व्यवसायीले आफूखुसी रुपमा सस्तो लोकप्रियताका लागि विज्ञापन गरेको र यसलाई नियन्त्रण गर्न नियम र कानुन ल्याउनुपर्ने भन्ने माग राख्नै व्यवसायीहरूले आन्दोलन गर्नुपरेको नेपाल रत्न तथा आभूषण महासंघका केन्द्रीय सदस्य त्रिलोचन विश्वकर्माले बताए । 

siddi1-1719458601.jpg
 

अरू व्यवसायीलाई धरासायी बनाउने गरी आफूखुसी सस्तो लोकप्रियताका लागि विज्ञापन गरेकाले पनि उनको विरूद्ध पनि आन्दोलन गरेको उनी बताउँछन् । 

“नियम संगत ढंगले व्यापार व्यवसाय गर्न पाउनुपर्छ । त्यो भयो भनेमात्र आम व्यवासयमा एकरूपता आउँछ, आम व्यवसायीहरूको व्यवसाय गर्ने आचरणमा एकरूपता आउँछ भनेर गरिएको आन्दोलन हो यो,” विश्वकर्माले बाह्रखरीसित भने, “राज्यलाई पनि प्रेसर गर्ने मुल हेतु र निर्दिष्ट निर्देशिका नभएको अवस्थामा पहुँच हुने व्यवसायीले अस्वस्थ प्रतिस्पर्धा गर्न खोजेको तथा सस्तो लोकप्रियताको प्रचार प्रसार गरेका छन्, त्यसविरुद्धमा पनि आन्दोलन जारी राखिएको हो ।”

र्‍यालीको नारा पनि रिद्धिसिद्धि केन्द्रित नै थियो । 

मनोमानी तरिकाले व्यवसायीले एकलौटी निर्णय गरेको भन्दै राज्यले नै नियन्त्रण गर्नुपर्ने व्यवसायीहरुको माग थियो ।  कही समय अगाडि आभूषण संघले नरेन्द्रकुमार गुप्तालाई वरिष्ठ उपाध्यक्षबाट हटाएको थियो । 

यसरी आफूलाई सदस्यसमेत नरहनेगरी संघबाट हटाएपछि गुप्ताले एकपक्षीय रुपमा बजारमा गतिविधि गर्दै आए हुन सक्ने पनि व्यवसायीको बुझाइ छ ।  संघमा रहँदा उनले संघको प्रतिष्ठामा आँच पुग्ने कार्य गरेकाले हटाइएको कार्यसमितिका सदस्य बताउँछन् ।

गुप्ताले उठाएका केही कुरा जायज भए पनि धेरै कुरा संघको हित विपरीत भएकोले बर्खास्त गर्नुपरेको नेपाल रत्न तथा आभूषण संघका अध्यक्ष सुमनलाल ताम्राकार बताउँछन् ।  अहिले पनि सल्लाह नै नगरी एकलौटी रूपमा निर्णय लिँदा बजारमा सुनचाँदी व्यवसायीलाई हेर्ने दृष्टिकोण नकारात्मक हुने उनको भनाइ छ । 

सस्तो लोकप्रियताका लागि प्रचार गरेर कला तथा संस्कृतिलाई नै बिगार्ने गरी मेसिनबाट बनेका गहनाहरू बिक्री गरिएकाले आफूहरू एक भएर आजको र्‍याली आयोजना गरेको अध्यक्ष ताम्राकार बताउँछन् । 

“अहिले भन्सार वृद्धिका कारण नेपालमा सुनको भाउ महँगिएको छ । तर, इन्डियामा सस्तो छ,” उनले भने, “भारतबाट मेसिनले बनाएका अवैध रुपमा भित्र्याएको सुन छानबिन हुनुपर्छ । बजारमा छुट दिएर कसरी ठूलो मात्रामा कारोबार भएको छ ?” 

कालिगठलाई विस्थापन गर्ने गरी ज्याला र जर्तिमा छुट दिने प्रचारप्रसार भएको उनको भनाइ छ । 

अहिले सरकारले दिने कोटाको सुनले पुगे पनि सिजनमा नपुग्ने ताम्राकार बताउँछन् ।  अहिले गुप्ताले जर्तिको आवश्यक छैन भन्नु गलत भएको ताम्राकार बताउँछन् । आफूहरू परम्परागत भन्दा आधुनिक ज्यालादर समायोजन गरेर लगाउने पक्षमा भएको बताए । तर, यसमा वृहत् छलफल हुनुपर्ने उनको भनाइ छ । 

यसका साथै भन्सारदर १५ प्रतिशतबाट २० प्रतिशत बनाइएको भन्दै पहिलेकै भन्सार दर कायम गर्नुपर्ने, सुनलाई विलासी वस्तुमा राखिएको र २ प्रतिशत विलासिता कर खारेज गर्नुपर्ने पनि माग राखिएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  ०९:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय