site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
झापामा ११ महिनामा ५१ हजार चालकलाई कारबाही
फाइल तस्बिर ।

भद्रपुर (झापा) । झापामा ११ महिनामा ५१ हजार ७८२ चालकलाई कारबाही गरिएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को हालसम्ममा उनीहरूलाई कारबाही गरिएको हो ।  

जिल्ला ट्राफिक कार्यालय झापाका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमका अनुसार चालकलाई कारबाही गर्दा तीन करोड ४७ लाख ७८ हजार राजस्व संकलन गरिएको छ । मादक पदार्थ सेवन, क्षमताभन्दा बढी यात्रु बोक्ने, सार्वजनिक बस र अन्य ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनका चालकलाई कारबाही गरिएको हो । 

चालु आवको ११ महिनामा सबैभन्दा बढी १६ हजार ९५७ कार/जीपका चालकलाई कारबाही गरिएको छ । यसैगरी १४ हजार ७४१ मोटरसाइकल चालक, नौ हजार ७७४ ट्रक चालक, एक हजार ५३३ टिपर चालक, दुई हजार ६२२ बस चालक तथा दुई हजार ६१३ ट्रयाक्टर चालक कारबाहीमा परेका प्रहरी नायब निरीक्षक गौतमले बताए ।

यसैगरी चालु आवको ११ महिनामा सडक दुर्घटनामा परी ७९ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा ६६ पुरुष, आठ महिला र पाँच बालबालिका छन् । सो अवधिमा ४९० सवारीसाधन दुर्घटना हुँदा १५३ जना सख्त घाइते तथा ६३२ जना सामान्य घाइते भएका प्रहरी नायब निरीक्षक गौतमले बताए ।

सबैभन्दा बढी ४५१ मोटरसाइकल दुर्घटना भएका थिए । यसैगरी ३४ ट्रक, ३३ बस, ७४ जीप/कार, २५ ट्रयाक्टर र ५० टेम्पो दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  ११:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro