site stats
बाह्रखरी :: Baahrakhari
विदेश
कर बढाउने विधेयकविरुद्ध केन्यामा प्रदर्शन, पाँचजनाको मृत्यु 
Argakhachi Cement Island Ad

काठमाडौं । केन्याको राजधानी नैरोबीमा कर बढाउने नयाँ वित्त विधेयकको विरोधमा भएको प्रदर्शनमा पाँचजनाको मृत्यु भएको छ । 

मंगलबार हजारौं प्रदर्शनकारी संसद् भवन प्रवेश गरेर आगजनी र तोडफोड सुरु गरेपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीले चलाएको गोली लागेर पाँचजनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

प्रदर्शनकारीले विरोध गरे पनि उक्त विधेयक सदनबाट पारित भएको छ । 
 

प्रकाशित मिति: बुधबार, असार १२, २०८१  ०७:२५
प्रतिक्रिया दिनुहोस्