site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सानिमा बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता  

काठमाडौं । सानिमा बैंकले नेपाल क्लियरिङ हाउस (एनसीएचएल)सँग नेपाल र भारतमा अन्तरदेशीय सरल र सजिलो डिजिटल भुक्तानी सुविधा प्रदान गर्नका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

उक्त सम्झौतापत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज स‌ंज्याल र नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

यस सहकार्यबाट दुवै देशका नागरिकलाई एनसीएचएल नेटवर्कमार्फत नेपाल राष्ट्र बैंकको नियमानुसार रकमान्तर गर्न सहज र झन्झटरहित डिजिटल भुक्तानी सेवा प्रदान हुने उद्देश्य रहेको बताइएको छ ।

सानिमा बैंकले देशभर सातै प्रदेशमा १३३ कार्यालय र १२४ एटीएममार्फत सेवा दिँदै आएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro