site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गृहमन्त्री लामिछानेले भने– सीआईबी गिरीबन्धुको उजुरी कुरेर बसेको छ 
Dabur Nepal
NIC Asia

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) गिरीबन्धु टी–इस्टेटको उजुरी कुरेर बसेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले गिरीबन्धु, यति, ओम्नीलगायत काण्डमामा अनुसन्धान गर्न तत्पर रहेको बताए । 

“नेपाल प्रहरी र प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युरोलाई गिरीबन्धु टी–इस्टेटका बारेमा उजुरी माग्नका निमित्त सदनमा कुरा उठ्नुभन्दा हप्ता दिन अघि नै मन्त्रालयले स्पष्ट निर्देशन दिइसकेको छ । र, केन्द्रीय अनुसन्धान ब्युरो गिरीबन्धु टी–इस्टेटको उजुरीको प्रतिक्षा गरेर बसिरहेको छ,” उनले भने, “कुनै पनि बेला भएका विभिन्न किसिमका यी घटनाहरूका बारेमा नेपाल प्रहरी अनुसन्धान गर्न तत्पर भएर बसेको छ ।”

उनले कुनै पनि काण्डका बारेमा फाइल लुकाउनुपर्ने बाध्यता आफूमाथि नरहेको बताए । “कुनै पनि काण्डका विषयमा डराउनुपर्ने, नबोल्नुपर्ने, कुनै पनि फाइल नखोल्नुपर्ने एउटा पनि बाध्यता मेरो काँधमा छैन । शीरमा छैन,” गृहमन्त्री लामिछानेले भने ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १९:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro