site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अभिकले जिते एसईई कप चेसको उपाधि
Siddhartha BankSiddhartha Bank

काठमाडौं । हिमालयन चेस एकेडेमीले आयोजना गरेको गोल्डेनगेट एसईई कप–२०२४ र्‍यापिड चेस प्रतियोगिताको उपाधि अभिक शाहले जितेका छन् ।

उनले स्विस प्रणालीको आधारमा सात राउन्डमा सञ्चालित प्रतियोगितामा अपराजित रहँदै ६.५ अंक बनाएर आइतबार उपाधि जितेका हुन् ।

शीर्ष वरीयताका खेलाडी पुरुषोत्तम सिलवालले पनि अपराजित रहँदै ६.५ अंक बनाए । तर, टाइब्रेकरको आधारमा पुरुषोत्तमलाई पछाडि पार्दै जेम्स स्कुलका अधिकले उपाधि कब्जा गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

अभिक र पुरुषोत्तबीच पाँचौँ चरणमा भएको प्रतिस्पर्धा बराबरीमा टुंगिएको थियो । त्यसबाहेक दुवै खेलाडीले बाँकी ६ खेलमा जित हात पारेका थिए ।

विभूषित कायस्थ ५ अंक जोड्दै तेस्रो स्थानमा रहे । रोहित श्रेष्ठ, रोहन खतिवडा र रायन श्रेष्ठले समान ५ अंक बनाएका थिए । तर, टाइब्रेकरको आधारमा विभूषित सबभन्दा अगाडि रहँदै तेस्रो भएका हुन् ।

Global Ime bank

गोल्डेनगेट इन्टरनेसनल कलेज, बत्तीसपुतलीमा सञ्चालित प्रतियोगितामा ३ अंक जोड्दै मेधा माध्यमिक विद्यालयकी अंशु दिल प्रजापतिले गर्ल्सतर्फ पहिलो स्थान हात पारिन् । कृशला प्रजापति दोस्रो र जेसिका सिंह तेस्रो भए । दुवैले समान २ अंक बटुलेका थिए । टाइब्रेकरको आधारमा कृशला दोस्रो भएकी हुन् ।

प्रतियोगिताको मुख्य प्रायोजक गोल्डेनगेट कलेजले कुनै पनि विषयमा दुवै स्पर्धाका विजेतालाई शतप्रतिशत छात्रवृत्ति, उपविजेतालाई ७५ प्रतिशत र तेस्रोलाई ५० प्रतिशत छात्रवृत्ति उपलब्ध गराएको छ ।

त्यस्तै, सहभागी सबै खेलाडीलाई एक तिहाइ (३३.३३ प्रतिशत) छात्रवृत्ति दिने घोषणा गरिएको छ ।

एसईई परीक्षा दिएका ४१ खेलाडी सहभागी प्रतियोगितामा खुला तथा गर्ल्स दुवै स्पर्धाका विजेताले १० हजार, उपविजेताले पाँच हजार र तेस्रोले तीन हजार रुपैयाँ, ट्रफी, पदक तथा प्रमाणपत्र प्राप्त गरे ।

उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यसचिव रमेशकुमार सिलवाल, हिमालयन चेस एकेडेमीकी अध्यक्ष मोनालिशा खम्बू, गोल्डेनगेट इन्टरनेसनल कलेजकी निर्देशक सैल सुमन सिलवाललगायतले पुरस्कार वितरण गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ९, २०८१  २३:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय