site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
साविक विजेता इंग्ल्यान्डलाई हराउँदै भारत १० वर्षपछि विश्वकपको फाइनलमा 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । दोस्रो सेमिफाइनलमा साविक विजेता इंग्ल्यान्डविरुद्ध ६८ रनको जित निकाल्दै भारत आईसीसी ट्वान्टी–२० विश्वकप–२०२४ को फाइनल प्रवेश गरेको छ ।

भारत यसअघि सन् २००७ र २०१४ मा विश्वकपको फाइनलमा प्रवेश गरेको थियो । २००७ मा भएको ट्वान्टी–२० विश्वकपको उपाधि जित्दा २०१४ मा भने भारत श्रीलंकासँग निराश बनेको थियो ।

बिहीबार गुयनामा सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको १७२ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डले १६.४ ओभरमा सबै विकेट गुमाएर १०३ रनमात्र बनाउन सक्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

इंग्ल्यान्डका ह्यारी ब्रुकले २५ रन बनाए । कप्तान जस बटलरले २३, जोफ्रा आर्चरले २१ र लियम लिभिङस्टोनले ११ रन थपे । यसबाहेक, इंग्लिस टिमका अन्य ब्याटर दोहोरो अंकको रनसम्म पुग्न सकेनन् ।

इंग्ल्यान्डलाई सस्तैमा रोक्न भारतका स्पिनर हाबी बने । भारतका अक्षर पटेल र कुलदीप यादवले समान तीन विकेट लिए । जसप्रित बुमराहको नाममा एक विकेट रह्यो ।

Global Ime bank

त्यसअघि कप्तान रोहित शर्माले अर्धशतक बनाउँदा टस हारेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७१ रनको योगफल खडा गरेको थियो ।

भारतका कप्तान तथा ओपनर ब्याटर रोहितले ५७ रन बनाए । उनले ३९ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । जारी विश्वकपमा रोहितको यो तेस्रो अर्धशतक हो । उनले यसअघि सुपर–८ को अन्तिम खेलमा अस्ट्रेलियाविरुद्ध ९२ रन बनाएका थिए ।

इंग्ल्यान्डविरुद्ध भारत ४०–२ को अवस्थामा हुँदा रोहितले तेस्रो विकेटका लागि सूर्यकुमार यादवसँग ७३ रनको साझेदारी गर्दै भारतको इनिङ सम्हालेका थिए । अर्धशतक बनाउन तीन रनले चुकेका सूर्यले ३६ बलमा चार चौका र दुई छक्कासहित ४७ रन थपे ।

यसबाहेक, हार्दिक पन्ड्याले २३ र रविन्द्र जडेजाले १७ रन जोडे ।

भारतका अर्का ओपनर विराट कोहली भने आज पनि चल्न सकेनन् । नौ बलमा नौ रन बनाएर आउट हुनुअघि विराटले एउटामात्र छक्का प्रहार गरे । यसअघि सुपर–८ को अन्तिम खेलमा अस्ट्रेलियाविरुद्ध पनि विराट ‘डक’ भएका थिए । इंग्ल्यान्डविरुद्ध भारतका शिवम दुवे ‘गोल्डेन डक’ भए । ऋषव पन्तले चार रन थप्दा अक्षर पटेलले १० रन थपे । अर्शदीप सिंह एक रनमा अविजित रहे ।

इंग्ल्यान्डका क्रिस जोर्डनले तीन विकेट लिए । रिस टोप्ली, जोफ्रा आर्चर, साम करन र आदिल राशिदले समान एक विकेट हात पारे ।

वर्षाले प्रभावित बनेको खेल निर्धारित समयभन्दा करिब एक घण्टापछि सुरु भएको थियो । त्यसपछि पनि भारतले आठ ओभरमा ६५ रन बनाउँदा पानी परेपछि खेल पुनः डेढ घण्टा रोकिएको थियो । प्रतियोगितामा भारत सुपर–८ बाट समूह–१ को विजेता र इंग्ल्यान्ड समूह–२ को उपविजेताको रूपमा सेमिफाइनल आएका थिए ।

भारतले अब उपाधिका निम्ति दक्षिण अफ्रिकाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको फाइनल खेल शनिबार राति नेपाली समयअनुसार ८ः१५ बजेदेखि सुरु हुनेछ । यसअघि दक्षिण अफ्रिकाले पहिलो सेमिफाइनलमा अफगानिस्तानविरुद्ध नौ विकेटको जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  ०१:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय