site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘आफ्ना मान्छे’ हुँदा एआईजी रिक्त नहुँदै बढुवा, नहुँदा ५१ दिन खाली पद राखेर अवकाश !
Siddhartha BankSiddhartha Bank

काठमाडौं । ‘आफ्ना मान्छे’ भएमा, प्रहरी नायव महारीक्षक पोषराज पोखरेलको झैँ ‘भाग्य’ चम्कन्छ । अनि ‘आफ्ना मान्छे’ नभएमा माथिल्लो पद खाली हुँदाहुँदै अवकाश जानुपर्छ, अन्यायको पीडा बोक्दै ।

‘बेथिति अन्त्य’को नारामा गृहमन्त्री बनेका रवि लामिछानेकालमा पनि ‘आफ्ना मान्छे’कै दृश्य मञ्चन हुँदैछ ।

डीआईजी पोखरेल आउँदो २१ असारमै अवकाशमा जाँदैछन् । माथि ‘आफ्ना मान्छे’ भएकै कारण उनी दुई दिन प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को फुली लगाउँदै बिदा हुँदैछन् । अर्थात्, प्रथम श्रेणीबाट विशिष्ठ श्रेणीमा उक्लनेछन्, सँगै राज्यले त्यहीअनुरुप पेन्सन सुविधा उपलब्ध गराउनुपर्नेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रहरी नियमावली अनुसार, डीआईजी र एआईजीको उमेरहद ५६ वर्ष तोकिएको छ ।  बढुवा समितिले १९ असारमा मात्र अवकाशमा जान लागेका एआईजी उमेशराज जोशीको ठाउँमा डीआईजी पोखरेलको बढुवा सिफारिस गरिएको हो । 

जोशी र पोखरेल दुवै उमेर हदका कारण दुई दिनको अन्तरमा मात्रै अवकाशमा जाँदैछन् ।

Global Ime bank

एआईजी बढुवा सिफारिस समितिमा गृहसचिव संयोजक हुन्छन् भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सदस्य र आईजीपी सदस्य सचिव रहने व्यवस्था छ ।  ‘आफ्ना मान्छे’ पोस्ने या पाखा लगाएकै कारण प्रहरीमा सरुवा/बढुवामा विवाद हुनु नौलो मानिँदैन । 

प्रहरीतन्त्रमा गृहमन्त्री, प्रधानमन्त्री निकटदेखि महानिरीक्षक (आईजीपी) नजिकका व्यक्तिको आर्कषक पोष्टिङ तथा बढुवामा छलाङ्ग मार्दै आएका कयौँ उदाहरण छन् । 

त्यहीकारण प्रहरी संगठन कहिल्यै विवादरहित हुन सकेको छैन । गृहमन्त्री लामिछाने निकट मानिएका पाखरेललाई बढुवा समितिले विशिष्ठ श्रेणीको एआईजी बनाउँदै अवकाश दिने योजनासहित उनको बढुवा सिफारिस भएको हो । 

प्रहरी स्रोतका अनुसार, गृहमन्त्री रवि लामिछाने र पूर्वएआईजी दिवेश लोहनीबीच पछिल्लो समय निकट सम्बन्ध छ । रविको मुद्दामा बहस गर्दै आएका पूर्वमहान्यायाधिवक्ता सुशील पन्तमार्फत लोहनी गृहमन्त्रीसँग नजिकिएका हुन् । नाताले पन्तका भान्जा हुन्, लोहनी । 

लोहनीकै साढुभाइ पोखरेल हुन् । यिनै तानाबानाले उनी दुईदिन भए पनि एआईजीको फुली लगाउन पाउँदैछन् ।  पोखरेल उपत्यका ट्राफिक प्रहरी प्रमुखका रुपमा कार्यरत छन् । 

चलाखीपूर्ण बढुवा
प्रहरी नियमावली अनुसार, बढुवा समितिले सिफारिस गरेको एक सातापछि मात्रै बढुवा हुने व्यवस्था छ ।  एक साताभित्र बढुवा सिफारिसमा परेका व्यक्तिमाथि कुनै उजुरी नपरे बढुवा ‘कन्फर्म’ हुन्छ । जसकारण जोशी अवकाश हुनुपूर्व नै पोखरेललाई बढुवा सिफारिस गरिएको हो । 

त्यसो त, प्रहरी महानिरीक्षक आईजीपी बसन्त कुँवरको अमेरिका भ्रमण जाने दिनै उनको सिफारिस गरिएको थियो । अमेरिका भ्रमणबाट फर्केपछि सिफारिस गर्दा कानुनी प्रक्रियाका कारण सम्भव नहुने भएपछि उनको हतार र चलाखीपूर्वक सिफारिस भएको प्रहरीका अधिकारीहरु बताउँछन् । 

एक प्रहरी अधिकारी भन्छन्, “यो मुलुकमा आफ्नो मान्छे भएपछि जे पनि हुन्छ ।”

असार १० गते आईजीपी कुँवर, गृहसचिव एकनारायण अर्याल, सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालसहितको टोली संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा हुन लागेको युनाइटेड नेसन चिफ अफ पुलिस समिटमा भाग लिन गइसकेका छन् ।

त्यही दिन बिहान पोखरेलको बढुवा सिफारिश भएको हो । समिट असार १२ देखि १३ गतेसम्म सञ्चालन हुने छ ।  सचिव र आईजीपी एक सातापछिमात्रै अमेरिकाबाट नेपाल फर्किने छन् ।

एसएसपीले पोखे सार्वजनिक रूपमै असन्तुष्टि

जनपथतर्फ अवकाश अगावै एआईजीमा पोखरेल सिफारिशमा परे पनि प्राविधिक समूहतर्फ नेपाल प्रहरी अस्पतालमा भने ५१ दिनदेखि रिक्त प्रहरी नायब महानिरीक्षक (डीआईजी) को बढुवा अलपत्र परेको छ ।

अस्पतालमा २६ वैशाखदेखि दुई डीआईजीको दरबन्दी रिक्त छ ।  बढुवा लाइनमा रहेका एसएसपी दीपक श्रेष्ठ र सुवास आचार्यलाई बढुवा नगरेपछि एसएसपीबाट अवकाशमा जाँदैछन् । उनीहरु ६ वर्षे कार्यकालका कारण आज बिहीबार राति १२ बजेदेखि अवकाशमा जानेछन् । 

श्रेष्ठ नेत्र रोग विशेषज्ञ हुन् भने आचार्य नाक, कान, घाँटी विशेषज्ञ हुन् । उनीहरुले सेवा अवधि सुरु गरेको २३ वर्षमै अवकाश पाउन लागेका हुन् ।

उनीहरुलाई डीआईजी बढुवा गरिएको भए थप पाँचवर्ष सेवामा रहने थिए ।  तर, उनीहरुलाई एसएसपीबाटै अवकाश जान बाध्य पारिएको छ, ‘आफ्ना मान्छे’ नहुँदा । प्रहरीमा सेवा अवधि ३० वर्ष तोकिएको छ । आफूलाई बद्नियत तरिकाले अवकाशमा पठाएकामा एसएसपी श्रेष्ठले सामाजिक सञ्जालमा असन्तुष्ट पोखेका छन् ।

बुधबार फेसबुकमा स्टाट्स लेख्दै एसएसपी श्रेष्ठले भनेका छन्, ‘खड्गजित बराल, दुर्लभ थापा, डीबी लामा, अच्युतकृष्ण खरेल, ध्र्रुबबहादुर प्रधान सरहरुले हाँकेको संगठनमा २०५८ मा प्रवेश गरेको म बद्नियत गरिकाले २०८१ मा अवकाश दिइयो ।’

श्रेष्ठले भनेका छन्, ‘नेपाल प्रहरी पछिल्लो समय प्राइभेट लिमिटेडमा परिणत भएको छ । अहिले संगठनमा महारीक्षक होइन । सीईओले नेतृत्व गर्ने भएको छ ।’

प्रहरी स्रोतका अनुसार, उनीहरु पछिका एसएसपी दामोदर पौडेल, संगिता घिमिरे र मनोज यादवमध्ये आफूनिकट दुई एसएसपीलाई बढुवा गर्न गृहमन्त्री लामिछाने र आईजीपी कुँवर योजनाबद्ध तरिकाले लागेका हुन् । त्यहीकारण दुवैको बढुवा नगरी अवकाशमा पठाइएको हो ।

श्रेष्ठ र आचार्यलाई बढुवा नगर्न हस्पिटल म्यानेजमेन्टसम्बन्धी तालिम नलिएको भन्दै बढुवा गर्नबाट रोकिएको हो ।  यद्यपि उक्त तालिम एसएसपी वा डीआईजीमध्ये जुनसुकै तहमा लिँदा पनि हुने उल्लेख गरिएको छ । अस्पतालको प्रमुख हुन उक्त तालिम आवश्यक पर्छ ।

यसअघि जनपथतर्फसमेत एसएसपी बसन्तराज कुँवर तथा यादवराज खनाललाई पनि डीआईजीको दरबन्दी रिक्त हुँदा हुँदै बढुवा नगरी एसएसपीबाटै बद्नियतपूर्वक तरिकाले अवकाश दिइएको थियो । निमित्त प्रहरी प्रवक्ता एसएसपी विश्व अधिकारी बढुवा समितिले गर्ने बढुवा प्रक्रियामा आफूहरुलाई कुनै जानकारी नहुने बताउँछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १७:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय