site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
चार अर्ब ३७ करोडको सेयर कारोबार, फाइनान्स कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार धितोपत्र दोस्रो बजार नेप्से परिसूचक ५.३७ अंक घटेर बन्द भएको छ । समग्र बजार घटेको भए पनि यस दिन फाइनान्स कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

फाइनान्स समूहको परिसूचक ५.४९ प्रतिशतले बढेको छ । १३ मध्ये फाइनान्स, ‘अन्य’ र व्यापार समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ ।

Dabur Nepal
NIC Asia

नेप्से परिसूचक ०.२५ प्रतिशतले घटेर २०६२.९४ विन्दुमा बन्द भएको छ । चार अर्ब ३७ करोड ४५ लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

७८ कम्पनीको सेयर मूल्य बढेको छ । १६४ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी पाँच कम्पनीको सेयर मूल्य स्थिर छ ।

रिलायन्स फाइनान्स, गणपति लघुवित्त, साधना लघुवित्त र मौलुङखोला जलविद्युत् कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

सर्वाधिक मूल्यको सेयर कारोबार पोखरा फाइनान्सको भएको छ । यो कम्पनीको १७ करोड १३ लाख ५२ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १५:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro