site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकामा १० करोड मानिस चर्को गर्मीमा, डीसीमा ‘हिट इमर्जेन्सी’

वासिङटन । अमेरिकाका १० करोड मानिसलाई यो साताको अन्त्यमा ‘हिट अलर्ट’मा बस्न आग्रह गरिएको छ । अमेरिकी राजधानी वासिङटन डीसीमा ‘हिट इमर्जेन्सी’ भनिएको छ । त्यहाँको तापक्रम १०० फरेनहाइट पुगेको छ ।

इमर्जेन्सी यो हप्ताको अन्त्यदेखि अर्को साता पनि लागु हुने डीसीका मेयर मुरियल बाउजरले जनाएका छन् । सन् २०१२ यता पहिलोपटक डीसीमा यति धेरै तापक्रम बढेको पाइएको छ ।

Dabur Nepal
NIC Asia

दक्षिणी र मध्य क्यालिफोर्निया साथै कोलुसा काउन्टीमा १९ हजार १०० एकड क्षेत्रफलमा आगो फैलिन नदिन फायर फाइटर्सले काम गरिरहेका छन् । त्यहाँ तापक्रम १०० देखि १०६ फरेनहाइटसम्म पुग्ने र त्यसले फायर फाइटर्सको काममा अवरोध गर्न सक्ने बताइएको छ ।

अर्कोतर्फ बाढी
अयोवाका गभर्नर किम रिनोल्डसले शनिबार एक घोषणा गर्दै उत्तर पश्चिमका २१ काउन्टीमा विनाशकारी बाढी आउन सक्ने जनाएका छन् । त्यसक्रममा १० इन्चसम्म पानीको सतह बढ्ने जनाइएको छ ।

साउथ डकोटामा भीषण वर्षापछि पछिल्लो २४ घण्टामा नौजनाको उद्धार गरिएको छ ।

न्यु मेक्सिकोमा कम्तीमा दुईजनाको मृत्यु भएको छ । बाढीबाट एक हजार ४०० संरचना ध्वस्त भएको जनाइएको छ । आठ हजार मानिसलाई अन्यत्र सारिएको छ  ।

गर्मी भने सबैभन्दा बढी दक्षिणी मध्य एट्लान्टिक क्षेत्रमा ११० डिग्री फरेनहाइटसम्म पुग्न सक्ने जनाइएको छ । सीएनएनबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १५:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro