site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भरुवा बन्दुकको गोली लागेर मृत्यु
प्रतीकात्मक तस्बिर ।

दार्चुला । दार्चुलामा भरुवा बन्दुकको गोली लागेर नौगाड गाउँपालिका–१, लक्सेरी, नागुका अन्दाजी ५५ वर्षीय धंके डडालको मृत्यु भएको छ ।

लक्सेरीका ४५ वर्षीय जयसिंह डडालले मल्लासेली भन्ने वनमा शनिबार सिकार खेल्ने क्रममा बन्दुक पड्काएका थिए । धंके डडालको टाउकोमा त्यसको गोली लागेको थियो । घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

स्थानीयका अनुसार, डडालले सोही वनमा पासो थापिरहेका थिए । गोली हान्ने जयसिंहलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: शनिबार, असार ८, २०८१  २१:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro