site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
मनसुन पूर्वी र मध्य भूभागमा सक्रिय, दुई/तीन दिनमा देशभर
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । कोसीदेखि गण्डकी प्रदेशसम्म हाल मनसुन प्रणाली सक्रिय छ । मनसुनका कारण बदली (आकाशमा बादल) र वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लुम्बिनी प्रदेशमा पनि मनसुन प्रवेश गरिसकेको छ । तर, लुम्बिनीका सबै भूभागमा मनसुनको प्रभाव छैन ।

Dabur Nepal
NIC Asia

“पूर्वी र मध्य क्षेत्र (कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेश)मा मनसुन सक्रिय छ,” महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बाह्रखरीसित भने, “लुम्बिनीको पनि पूर्वी क्षेत्रमा मनसुको प्रभाव छ । अरू भूभागमा छैन ।”

अबका दुई/तीन दिनमा कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि मनसुनको प्रभाव पर्न सक्ने उनले बताए । वर्षा गराउने जलवाष्पयुक्त हावा (बादल) ती प्रदेशमा पुग्न बाँकी नै रहेको उनले स्पष्ट पारे ।

“जलवाष्पयुक्त हावा पूर्वबाट पश्चिमतिर बहने हो । कर्णाली र सुदूरपश्चिममा त्यो पुगेको छैन,” उनले भने, “अब दुई/तीन दिनमा त्यहाँ पनि जलवाष्पयुक्त हावाको प्रभाव देखिन सक्छ ।”

कुनै स्थानमा मनसुन प्रणाली पुगे/नपुगेको घोषणा गर्न महाशाखाले दुई/तीन विषयलाई आधार मान्ने उनले बताए । पर्याप्त आधारपछि त्यसबारे विशेष बुलेटिनमार्फत जानकारी गराइने उनले सुनाए ।

यो वर्षको मनसुन गएको जेठ २८ गते नेपाल भित्रिएको थियो । नेपालमा मनसुन भित्रने सरदर मिति जुन १३ हो । सरदर मितिभन्दा तीन दिन छिटो गरी मनसुन नेपालमा प्रवेश गरेको थियो । हिन्द महासागरबाट विकास भई बंगालको खाडी हुँदै दक्षिण–पूर्वी दिशाबाट मनसुन नेपाल प्रवेश गर्ने गर्छ ।

जुन, जुलाई, अगस्ट र सेप्टेम्बरलाई मनसुन अवधि मानिन्छ । यो अवधिमा वर्षभरि हुने कुल वर्षाको ८० प्रतिशत पानी पर्ने मौसमविद्को भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ८, २०८१  २०:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro