-1749797959.jpg)
काठमाडौं । वाग्मती प्रदेशका धेरैजसो स्थानमा बिहीबार साँझ पानी परिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार, त्यसबाहेक कोसी, मधेस, सुदूरपश्चिम र गण्डकी प्रदेशका थोरैहरूमा समेत पानी परिरहेको छ । काठमाडौंमा पनि बिहीबार साँझ पानी परेकाे छ ।
बिहीबार (असार ५ साँझ ७ः३० बजे) चितवनमा भारी वर्षा भइरहेको छ । चितवनको शक्तिखोर वर्षामापन केन्द्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा मापन भएको हो ।
सो क्षेत्र भइ बहने स–साना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागमा रहनेले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
"असार ५ साँझ ७स्३० बजे चितवन जिल्लाको शक्तिखोर वर्षामापन केन्द्रमा पछिल्लो तीन घण्टामा भारी वर्षा मापन भएको छ । सो क्षेत्र भइ बहने स–साना खोलाहरुमा आकस्मिक बहाव बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागमा रहनुहुनेहरूले सतर्कता अपनाउनुहोला," विभागले सूचना जारी गदै भनेको छ ।