site stats
बाह्रखरी :: Baahrakhari
देश
देशभर मनसुन फैलन कति समय लाग्छ ? वर्षा कत्तिको हुन्छ ?

काठमाडौं । यो वर्षको मनसुन प्रणाली सोमबार (आज) नेपाल प्रवेश गरेको छ । भारतबाट कोसी प्रदेश हुँदै मनसुन नेपाल भित्रिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

नेपाल भित्रिएको मनसुन अब पश्चिमी भूभागतर्फ सर्दै नेपालभर फैलनेछ । “नेपालभर मनसुन फैलिने औसत समय पाँच दिन हो । तर, वायुको वेगमा पनि यो भर पर्छ,” मौसमविद् सञ्जीव अधिकारीले बाह्रखरीसँग भने, “हावाको गतिअनुसार कति दिन लाग्ने भन्ने भर पर्ने हुन्छ । पाँच दिनभन्दा अगाडि नै अथवा एक हप्ताभन्दा धेरै पनि लाग्न सक्छ ।”

Argakhachi Cement Island Ad

यो वर्ष पश्चिमबाट पूर्वतर्फ पश्चिमी वायुको वेग रहेकाले देशभर मनसुन फैलन केही दिन लाग्न सक्ने उनले बताए । पूर्वबाट पश्चिमतर्फ वायुको वेग रहेको अवस्थामा भने देशभर मनसुन फैलन धेरै समय नलाग्ने उनको भनाइ छ ।

यो वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने अनुमान छ । सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको विभागले जनाएको छ ।

कोसी प्रदेशको दक्षिणी, मधेस, वाग्मती प्रदेशको दक्षिणी र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभाग उल्लेख गरेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १३:३३
प्रतिक्रिया दिनुहोस्