site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
आन्दोलनरत सुनचाँदी व्यवसायीसँग ससंदीय समितिमा छलफल हुने

काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । 

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा  बजेट बक्तब्यबाट सुनचाँदी तथा बहुमूल्य पत्थरको कारोबारमा लगाइएको करका कारण आन्दोलनरत व्यवसायीहरूसँग छलफल हुनेछ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बैठक बिहान ११ बजे बस्नेछ । 

विधायन व्यवस्थापन समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ । 

बैठक बिहान ९ बजे बस्नेछ । 

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  ०७:१५
प्रतिक्रिया दिनुहोस्