site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नाबालिकालाई 'यौन क्रियाकलापमा लगाउने' स्पा सञ्चालक पक्राउ
Tiktok banner adTiktok banner ad

काठमाडौं । नाबालिकालाई यौन क्रियाकलापमा लगाएको आरोपमा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले स्पा सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मखमली माया स्याङ्तान र रेशम गुरुङ रहेका छन् ।

ब्युरोका अनुसार, उनीहरूले काठमाडौंस्थित ठमेलमा सञ्चालन गरेको ए वान स्पा सेन्टरमा नाबालिकालाई विभिन्न किसिमको डर र प्रलोभन देखाएर यौन क्रियाकलापमा लगाएको पाइएको छ ।

जाहेरवाला परिवर्तित नाम २६ बबरमहल (३२१) र परिवर्तित नाम २६ बबरमहल (३२२) लाई ०८० कार्तिकदेखि स्पा सेन्टरमा राखेर यौन क्रियाकलापमा लगाएको पाइएको ब्युरोले जनाएको छ ।

उनीहरूमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट तीन दिनको अनुमति पाएर ब्युरोले अनुसन्धान थालेको छ ।

प्रारम्भिक अनुसन्धानबाट रेशम गुरुङले सुरुमा आर्थिक अवस्था कमजोर भएका ग्रामीण क्षेत्रका नाबालिकाहरूलाई टिकटकबाट कुराकानी गरेर राम्रो आम्दानी हुने ब्युटी पार्लरमा काममा लगाइदिने प्रलोभन देखाउने गरेको खुलेको छ । त्यसपछि उनले आउने गाडी भाडासमेत पठाएर काठमाडौं बोलाउँथे ।

नाबालिकालाई काठमाडौं झिकाएपछि उनले टोखामा रहेको सन फ्लावर स्पा सेन्टरमा मासिक १० हजार रुपैयाँ तलब दिने बताएर स्पा सेन्टरमा पुर्‍याउँथे । आफूले समेत पटकपटक करणी गरेर उनले नाबालिकालाई स्पा सेन्टरमा ग्राहकसँग जबरजस्ती यौन क्रियाकलापमा संलग्न गराउने गरेको पाइएको छ ।

सन फ्लावर स्पा सेन्टरमा यौन क्रियाकलापमा लगाइसकेसपछि नाबालिकालाई मखमली माया स्याङ्तानले ठमेलमा ए वान स्पा सेन्टर ल्याएर जबरजस्ती यौन क्रियाकलापमा लगाएको खुलेको छ ।

सुरुमा उनीहरूले नाबालिकालाई आफूले सञ्चालन गरेको मसाज सेन्टरमा मसाजसम्बन्धी तालिमसमेत दिने र विस्तारै केही दिनपछि मसाज सेन्टरमा आएका व्यक्तिहरूको इच्छा अनुसार शारीरिक सम्पर्क राख्न लगाउने गरेको खुलेको ब्युरोले जनाएको छ ।

उनीहरूले मसाज सेन्टरमा आएका व्यक्तिहरूबाट प्रतिव्यक्ति दुई हजारदेखि तीन हजारसम्म लिने गरेको पाइएको छ ।

त्यतिमात्र नभएर उनीहरूले नाबालिकालाई विभिन्न होटल तथा गेस्टहाउसहरूमा समेत यौन क्रियाकलापका लागि पठाउने गरेको खुलेको छ ।

उनीहरूले नाबालिकाहरूलाई स्पा सेन्टरमा मसाज गरेको फोटो तथा भिडियोहरू देखाएर आफन्तहरूलाई पठाइदिने धम्कीसमेत दिने गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १७:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro