देश
जनकपुर । मधेस प्रदेश सरकारले नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. सो
हन साह नियुक्त गरेको छ । आज मुख्यमन्त्री सतिश सिंहले उनलाई नीति तथा योजना आयोगमा नियुक्त गरेका छन् ।साहले आजै पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहण गरेका छन् ।
साह यसअघि जनमत पार्टी सरकारमा रहँदा नीति तथा योजना आयोगको सदस्य थिए । जनमतले माघ ७ गते सरकार छाडेपछि तत्कालीन सरकारले साहलाई बर्खास्त गरेको थियो । रासस
प्रकाशित मिति: बिहीबार, असार ६, २०८१ २०:५९
प्रतिक्रिया दिनुहोस्