site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कोपा अमेरिका शुक्रबारदेखि, पहिलो खेलमा अर्जेन्टिना र क्यानडा भिड्दै

काठमाडौं । दक्षिण अमेरिकी र उत्तर अमेरिकी राष्ट्रहरूले प्रतिस्पर्धा गर्ने कोपा अमेरिका–२०२४ शुक्रबारदेखि सुरु हुँदै छ ।

अमेरिकाका विभिन्न सहरहरूमा करिब एक महिनासम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन साविक विजेतासमेत रहेको अर्जेन्टिनाले क्यानडाविरुद्ध खेल्नेछ ।

Dabur Nepal
NIC Asia

अमेरिकाको मर्सिडिज बेन्ज रंगशालामा हुने यो खेल नेपाली समयअनुसार बिहान ५ः४५ बजेदेखि सुरु हुनेछ ।

प्रतियोगिताको यस संस्करणमा कुल १६ टिमको सहभागिता छ । जसलाई प्रत्येक समूहमा चार टिम रहने गरी चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहकबाट शीर्ष दुई टोली क्वार्टरफाइनल प्रवेश गर्नेछन् ।

आगामी जुलाई १४ सम्म सञ्चालन हुने प्रतियोगिताको फाइनल खेल मियामीमा हुनेछ । अमेरिकाले दोस्रोपटक कोपा अमेरिकाको आयोजना गर्न लागेको हो ।

यसअघि सन् २०२१ मा भएको पछिल्लो संस्करणको उपाधि अर्जेन्टिनाले जितेको थियो । उक्त संस्करणको फाइनलमा ब्राजिललाई १–० ले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १८:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro