site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रपति पौडेलको युरोप भ्रमण : जलवायु परिवर्तनमा नेपालको प्राथमिकता केन्द्रमा 
SkywellSkywell

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका क्रममा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विश्व जगतले नेपालजस्ता अति कम विकसित पर्वतीय मुलुकहरूको प्राथमिकतालाई केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन् ।

खासगरी राष्ट्रपति पौडेलले सामाजिक न्यायका लागि विश्वव्यपायी गठबन्धन सम्वन्धी अन्तर्राष्ट्रिय श्रम संगठनको उद्घाटन सत्रमा मुख्य वक्ताको रुपमा व्यक्त विचार, जर्मनीमा वैज्ञानिकहरूसँग भएका छलफल र उक्त छलफलपछि जर्मन राष्ट्रपति डा. फ्राङ्क–वाल्टर स्टाइनमेयरले दुईपक्षीय वार्तामा जलवायु परिवर्तनको असर न्यूनीकरणका सम्बन्धमा नेपालप्रति देखाएको सद्भावले यो विषय स्थापित भएको भ्रमण दलका सदस्य राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।

उनका अनुसार जलवायुसम्बन्धी जर्मनीका विभिन्न अनुसन्धान केन्द्रहरूको अवलोकनका क्रममा त्यहाँका वैज्ञानिकहरूसँगको छलफलमा राष्ट्रपति पौडेलले उनीहरूको अहिलेसम्मको अनुसन्धानको प्रशंसा गर्दै अब जलवायु परिवर्तनको असर न्यूनिकरणका उपायहरूमा अनुसन्धान केन्द्रित गर्न सुझाव दिएका थिए ।

Dabur Nepal
NIC Asia

राष्ट्रपति पौडेलले यसका कार्बन उत्सर्जन गर्ने विकसित देशहरूले जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि के के गर्नुपर्छ र मार परेका कम विकासित मुलुकहरूले के के गर्नुपर्छ भन्ने सुझाव पनि विश्वजगतलाई दिन आग्रह गरेको उनले जानकारी दिए ।

“जलवायु परिवर्तनका सम्बन्धमा तपाईंहरूले हालसम्म गरेको अनुसन्धान प्रशंसनीय छ । तर अब अनुसन्धानलाई कसरी जलवायु परिवर्तनको असरबाट जोगाउने भन्नेमा केन्द्रित गराउनुपर्छ भन्ने मलाई लाग्छ । साथै तपाईहरूले यसका लागि कार्बन उत्सर्जन गर्ने विकसित देशहरूले जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि के के गर्नुपर्छ र मार परेका कम विकासित मुलुकहरूले के के गर्नुपर्छ भन्ने सुझाव पनि विश्वजगतलाई दिनुपर्छ”, राष्ट्रपति पौडेलको भनाई उदृत गर्दै सल्लाहकार पोखरेलले भने ।

त्यसपछि भएको दुईपक्षीय वार्तामा जर्मनीका राष्ट्रपति स्टाइनमेयरले बैज्ञानिकहरूसँग  राष्ट्रपति पौडेलले व्यक्त गरेका विचार र सुझावको प्रशंसा गर्दै नेपालजस्तो पर्वतीय मुलुकप्रति आफूहरूको सहानुभूति रहेको र आगामी दिनमा नेपाललाई हरतरहले सहयोग गर्न तयार रहेको प्रतिवद्धता पनि जनाएका थिए ।

राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपति स्टाइनमेयरको नेपालको प्राथमिकताप्रतिको चासोपछि कृषि क्रान्ति, जलश्रोत उपयोग र पर्यटनको विकासमा लगानीको अपेक्षा अभिव्यक्त गरेका थिए ।

राष्ट्रपति पौडेलले फसाइएर युक्रेनको सैन्य हिरासतमा पुगेका ६ जना नेपालीलाई रिहाइ तथा स्वदेश फिर्ताका लागि सहजीकरण गरिदिन जर्मनीसँग आग्रह गरेका थिए ।

पौडेलले स्वीटजरल्याण्डको जेनेभामा शुरु भएको ११२ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको विहीबार उद्घाटन सत्रमा मूख्य वक्ताकारुपमा सम्बोधनका क्रममा ‘सामाजिक न्यायको कुरा गरिरहँदा विश्वस्तरमा स्थापना गरिनुपर्ने जलवायु न्यायलाई बिर्सन मिल्दैन’ भनेर व्यक्त विचारले जलवायु परिवर्तनका नकारात्मक असरहरूको सम्बन्ध सामाजिक न्यायसँग जोडेर विश्व समुदायको ध्यानाकर्षण गर्न सफल भएको पनि सल्लाहकार पोखरेलले बताए ।

“विश्व समुदाय खास गरेर विगतदेखिका र हालका ठूला उत्सर्जनकर्ताहरु यो जिम्मेवारीबाट विमुख हुनु हुँदैन, हामीले सामाजिक न्यायको कुरा गरिरहँदा विश्वस्तरमा स्थापना गरिनुपर्ने जलवायु न्यायलाई बिर्सन मिल्दैन । जलवायु परिवर्तनका नकारात्मक असरहरूको सन्दर्भमा जलवायु जोखिममा रहेका देशहरूलाई पर्याप्त कोष र आवश्यक प्रविधि उपलब्ध गराएर जलवायु न्याय तुरुन्तै सुनिश्चित गरिनुपर्छ,” पौडेलको भनाइ उद्धृत गर्दै पोखरेलले भने ।

“जलवायु परिवर्तनले स्वच्छ पानी, बाली, जैविक विविधता र स्वास्थ्यमा गम्भीर असर पुग्न गई हाम्रा लाखौँ मानिसहरूलाई चरम गरिबी र असमानतामा धकेलेको छ, जलवायु परिवर्तनबाट सिर्जित विपद्का कारण परिवार, समुदायको विस्थापन र जीविकोपार्जनमा हुने क्षतिले समस्या थप जटिल बनाएको छ,”  राष्ट्रपति पौडेलको धारणा रहेको पोखरलेले बताए ।  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १६:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro