राजनीति
काठमाडौं । नेपाली कांग्रेसको शिक्षा विभाग विस्तार गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य नैनसिंह महर नेतृत्वको शिक्षा विभाग विस्तार गरेका हुन् ।
विस्तारित विभागमा प्राध्यापक डाक्टरसहितका सदस्य छन् । विभागमा सिन्धुलीका प्रा.डा. कमलदीप ढकाल, खोटाङका राजकुमार आचार्य, महोत्तरीकी पुजा पासवान सदस्य छन् ।
यसैगरी, धादिङका हरिसिंह केसी, काठमाडौंका त्रिविक्रम पाण्डे र राजन श्रेष्ठ, गोरखाका किरण भट्ट, दाङका लालमणि भण्डारी, दैलेखका खेमराज केसी, कैलालीका तारामान रावल सदस्य छन् ।
प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१ १८:१३
प्रतिक्रिया दिनुहोस्