site stats
बाह्रखरी :: Baahrakhari
देश
एक महिनामा एउटै कर्मचारीको दुईपटक सरुवा 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले एक महिनाको बीचमा एक उच्च कर्मचारीको दुईपटक सरुवा गरेका छन् । ११औँ तहका चिकित्सक डा. युवनिधी बसौलालाई उनले जेठ ११ गतेयता दुईपटक सरुवा गरेका हुन् । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक रहेका बसौलालाई मन्त्री यादवले गएको जेठ ११ गते कान्ति बाल अस्पतालमा काज फिर्ता गरेका थिए । 

Argakhachi Cement Island Ad

कान्तिमा दरबन्दी रहेका उनलाई पुनः असार ५ गते मन्त्री यादवले शुक्रराज ट्रपिकलमा नै तानेर निर्देशकको जिम्मेवारी दिएका हुन् । त्यहाँ उनलाई आर्थिक तथा प्रशासनिक अधिकारसहित निर्देशकको जिम्मेवारी दिइएको छ । 

बिहीबार पदवहाली भई हाजिर हुन पुगेका डा. बसौला भन्छन् “हामी त कर्मचारी न पर्‍यो, मन्त्रालयले जता पठाउँछ त्यतै गएर काम गर्नुपर्‍यो, के गर्न खोजिएको हो माथिको लाई नै थाहा होला ...।” 

मन्त्री यादवले टेकुमा यसअघि निर्देशक रहेका डा. रोशन न्यौपानेलाई भने स्वास्थ्य सेवा विभागमा सरुवा गरेका छन् । 

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १४:१७
प्रतिक्रिया दिनुहोस्