site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बोइङविरुद्ध २४.८ बिलियन डलर जरिवाना गराउन माग

वासिङटन । बोइङ ७३७ म्याक्स सिरिजका दुई विमान दुर्घटनामा परी मृत्यु भएकाका परिवारले बोइङलाई २४.८ बिलियन डलर जरिवाना तिराउन माग गरेका छन् । उनीहरूले अमेरिकी इतिहासमै भएको सबैभन्दा घातक कर्पोरेट अपराधका रूपमा समेत त्यसलाई उल्लेख गरेका छन् ।

मृतकका परिवारका वकिल पाउल कासेलले उक्त रकम उपयुक्त भएको जनाएका छन् । बोइङले ठूलो अपराध गरेको उनले उल्लेख गरेका छन् ।

३२ पेज लामो चिठीमा अमेरिकी सरकारले कम्पनीको नेतृत्व गरेका व्यक्तिविरुद्ध अभियोजन अघि बढाइनुपर्नेमा जोड दिइएको छ ।

बोइङका ७३७ म्याक्स दुवै सिरिजका विमान सन् २०१८ र २०१९ मा दुर्घटना हुँदा ३४६ जनाको मृत्यु भएको थियो । परिवारका तर्फबाट तयार पारिएको चिठीमा बोइङका प्रमुख कार्यकारी डेभ काल्हाउनले माफी मागेको विषय समेत उल्लेख छ ।

ती विमानमध्ये पहिलो २०१८ अक्टोबरमा इन्डोनेसियाको जकार्ता विमानस्थलबाट उडेको १३ मिनेटमा दुर्घटना हुँदा १८९ जनाको मृत्यु भएको थियो । दोस्रो, २०१९ मार्चमा इथियोपियाको राजधानी अदिसअबाबाबाट उडेको विमान त्यसको ६ मिनेटमा दुर्घटना हुँदा १५७ जनाको मृत्यु भएको थियो ।

पहिलो लाइन एयरको उडानको विमान थियो । दोस्रो, इथियोपियन एयरलाइन्सको उडानको विमान थियो । दुवै विमान बोइङका एउटै सिरिजका हुन् । दुवै विमानमा फ्लाइट कन्ट्रोल सिस्टममा त्रुटि भएको जनाइएको छ । बीबीसीबाट ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  ११:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro