site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गण्डकी प्रदेशमा ६ वर्षमा ६३ झोलुंगे पुल निर्माण
फाइल तस्बिर ।

गण्डकी । गण्डकी प्रदेश सरकारको लगानीमा ६ वर्षमा ६३ झोलुंगे पुल निर्माण भएका छन् । दशवटा झोलुंगे पुल निर्माणाधीन छन् । 

प्रदेश पूर्वाधार निर्देशनालयका अनुसार चालु आर्थिक वर्षमा थप चार झोलुंगे पुलको बहुवर्षीय ठेक्काका लागि स्रोत सुनिश्चित गरिएको छ । प्रदेशका ११ वटै जिल्लामा गरी थप ५१ झोलुंगे पुल निर्माण सुरु हुने चरणमा छन् । 

प्रदेश सरकारको आगामी आव २०८१/०८२ को बजेटमा हिमाली र पहाडी क्षेत्रका पर्यटकीय पदमार्गबाट नजिक रहेका बस्तीसँग सहज पहुँच पुर्याउन नदी तथा खोलामा झोलुंगे पुल बनाउन विशेष जोड दिइने उल्लेख छ ।

 निर्देशनालयका निमित्त निर्देशक महेन्द्र बानियाँले भने, “स्थानीवासीको माग र आवश्यकता पहिचान गरेर झोलुंगे पुल निर्माण गर्ने गरिएको छ ।” रासस
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  ०८:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro