site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आईसीसी अलराउन्डर वरीयताको छैटौँ नम्बरमा दीपेन्द्र, ब्याटिङ वरीयतामा कोहलीभन्दा अघि 
फाइल तस्बिर
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी ट्वान्टी–२० अलराउन्डर वरीयताको छैटौँ स्थानमा उक्लिएका छन् ।

आईसीसीले बुधबार अद्यावधिक गरेको नयाँ वरीयताअनुसार दीपेन्द्र विश्वकै शीर्ष छैटौँ अलराउन्डर बनेका हुन् । यसअघि दीपेन्द्र वरीयताको नवौँ स्थानमा थिए । दीपेन्द्र आईसीसीको ट्वान्टी–२० अलराउन्डर वरीयतामाको शीर्ष २० मा रहेका नेपालका एकमात्र क्रिकेटर समेत हुन् ।

दीपेन्द्र ट्वान्टी–२० बलिङ वरीयतामा पनि समावेश भएका छन् । दीपेन्द्र बलिङ वरीयतामा २७ स्थान सुधार गर्दै ९६औँ स्थानमा उक्लिएका छन् । ट्वान्टी–२० बलिङ वरीयतामा नेपालका दुई बलर समावेश भएका छन् । दीपेन्द्रभन्दा अघि रहेका सोमपाल कामी वरीयताको ९१औँ स्थानमा छन् । सोमपालले वरीयतामा आठ स्थान सुधार गरेका हुन् ।

दीपेन्द्र ट्वान्टी–२० ब्याटिङ वरीयताका पनि अटाएका छन् । दीपेन्द्र आईसीसीबाट अद्यावधिक भएको वरीयताको ४६औँ स्थानमा छन् । दीपेन्द्रले यसअघिको वरीयतामा पाँच स्थान सुधार गरेका हुन् । ट्वान्टी–२० को ब्याटिङ वरीयतामा दीपेन्द्र भारतका विराट कोहलीभन्दा अघि छन् । कोहली हाल वरीयताको ५०औँ स्थानमा छन् ।

यस्तै, नेपालका कप्तान रोहितकुमार पौडेल भने ६ स्थान घटुवामा पर्दै ६१औँ स्थानमा पुगेका छन् । ओपनर आसिफ सेख २० स्थान सुधार गर्दै ६९औँ स्थानमा उक्लिएका छन् । यसबाहेक, ब्याटिङ वरीयताको शीर्ष १०० भित्र नेपालका अन्य ब्याटर अटाएका छैनन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १७:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro