site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गर्मीका कारण एक हप्तामा ५७७ हजयात्रीको मृत्यु, मक्काको तापक्रम ५२ डिग्री सेल्सियस पुग्यो
Tiktok banner adTiktok banner ad

काठमाडौं । साउदी अरेबियाको मक्कामा एक हप्ताको अवधिमा गर्मीका कारण ५७७ हजयात्रीको मृत्यु भएको छ । जुन १२ देखि जुन १९ सम्मको अवधिमा हजमा गएका ५७७ जनाले उच्च गर्मीका कारण ज्यान गुमाएका हुन् ।

द गार्डियनको रिपोर्टअनुसार गर्मीका कारण इजिप्टका ३२३ र जोर्डनका ६० जनाले ज्यान गुमाएका छन् । यसबाहेक इरान, इन्डोनेसिया र सेनेगलका हजयात्रीको पनि मृत्यु भएको छ । अधिकांशको मृत्यु गर्मीबाट हुने रोगका कारण भएको हो । 

गर्मीका कारण बिरामी परेका करिब दुई हजार हजयात्रीको उपचार भइरहेको साउदी अरेबियाले जनाएको छ ।

जुन १७ मा मक्काको ग्रान्ड मस्जिदमा ५१.८ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो । साउदी अरेबियाका अधिकारीहरूका अनुसार मक्कामा जलवायु परिवर्तनको गहिरो असर परेको छ । यहाँको औसत तापक्रम हरेक १० वर्षमा ०.४ डिग्री सेल्सियसले बढिरहेको छ ।

गत वर्ष गत वर्ष गर्मीकै कारण २४० जनाको मृत्यु भएको थियो । तीमध्ये अधिकांश इन्डोनेसियाका नागरिक थिए ।

साउदीले सबै यात्रुलाई छाताको प्रयोग गर्न सुझाव दिएको छ । यसबाहेक उनीहरूलाई लगातार पानी पिउन र घामबाट बच्न आग्रह गरिएको छ ।

यस वर्ष करिब १८ लाख जना हजका लागि पुगेका छन् । जसमध्ये १६ लाख अन्य देशका हुन् ।

द इकोनोमिक टाइम्सबाट ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १६:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro