site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सैनिक अदालतले गर्‍यो कर्णेल मल्लमाथि कारबाही
Siddhartha BankSiddhartha Bank

काठमाडौं । सैनिक अदालतले नेपाली सेनाका महासेनानी (कर्णेल) दिरेन्द्रकुमार मल्लमाथि कारबाही गरेको छ । मल्ललाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सैनिक सेवाबाट हटाउने निर्णय सैनिक अदालतले गरेको नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले बताए ।

“उनको नागरिकताको प्रमाणपत्र र शैक्षिक प्रमाणपत्रमा जन्ममिति मिलेको देखिएन । यसैबारे अनुसन्धान हुँदा उनी दोषी ठहर भएका कारण सैनिक अदालतले कारबाही गरेको हो,” उनले बाह्रखरीसँग भने ।

Prabhu Bank
Agni Group
NIC Asia

मल्ल पछिल्लो समय न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली नियोगमा सैनिक सल्लाहकार रहेका थिए । उनको बढुवाको प्रक्रिया हुँदा पेस गरिएका कागजातमा कैफियत देखिएपछि उनलाई न्युयोर्कबाट बोलाइएको थियो ।

काठमाडौं आएलगत्तै मल्ललाई गत जेठ २० गते पक्राउ गरी सैनिक हिरासतमा राखिएको थियो । उनको चार महिनाअघि मात्र न्यूयोर्कमा पोष्टिङ भएको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १४:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement