site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दुबईमा रहेकी प्रेमिकासँग विवाद हुँदा भिडियो कल गरेर आफैँलाई गोली हानेका थिए गोलेले
Siddhartha BankSiddhartha Bank

काठमाडौं । काठमाडौं नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षामा खटिएका अजित गोलेले प्रेमिकासँगको विवादका कारण गोली हानेर आत्महत्या गरेको खुलेको छ । 

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा दुबईमा रहेकी प्रेमिकासँग विवाद हुँदा भिडियो कल गरेर गोलेले आफैँले बोकेको राइफलले अनुहारमा गोली हानेर आत्महत्या गरेको खुलेको प्रहरी स्रोतले बताएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

“हाम्रो प्रारम्भिक अनुसन्धानका क्रममा प्रेमिकासँगको विवादका कारण आफैँले गोली हानेर आत्महत्या गरेको देखिएको छ । दुबईमा रहेकी प्रेमिकालाई म्यासेज तथा भिडियो कल समेत गरेको देखिन्छ,”  अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने ।

प्रहरीका अनुसार प्रेमिकालाई गोलेले आफ्नै खर्चमा दुबई पठाएको समेत खुलेको छ । प्रहरीको कार्यदलबाट बानेश्वर संसद् भवनमा खटिएका गोलेले बुधबार बिहान ड्युटीमै खटिएका बेला शौचालयमा पुगेर राइफलले आफैँलाई गोली हानेर आत्महत्या गरेका थिए ।

Global Ime bank

उनले ८ बजेर २ मिनेट जाँदा गोली हानेको अनुमान गरिएको प्रहरीका प्रवक्ता डीआईजी दानबहादुर कार्कीले बताए । गोलेको ड्युटी बिहान ६ बजेदेखि १० बजेसम्म राखिएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ५, २०८१  १३:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement