site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
धितोपत्र बोर्ड अध्यक्षका तीन आकांक्षी बुधबार पनि अन्तर्वार्तामा आएनन्, प्रक्रिया रद्द हुने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले ‘सर्टलिस्ट’मा पारेका पाँचजनालाई गत आइतबार बिहान ९ बजे व्यावसायिक प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाइएको थियो । तर, तीनजना आएनन् । उनीहरू नआएपछि बुधबार (आज) प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएकोमा आज पनि उपस्थित भएनन् ।

यसरी नआउनेमा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्की र बिमा प्राधिकरण (तत्कालीन बिमा समिति)का पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं छन् ।

गत आइतबार सर्टलिस्टमा परेका सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले व्यावसायिक प्रस्तुतीकरण र अन्तर्वार्ता दिइसकेका छन् ।

अधिकारी, कार्की र चापागाईंले भने अहिलेसम्म पनि आफ्नो मोबाइल अफ गरेर बसेका छन् ।

उनीहरूको राजनीतिक आस्था एउटै भएकाले सल्लाह गरेरै प्रस्तुतीकरण र अन्तर्वार्तामा उपस्थित नभएको हुनसक्ने स्रोतको दाबी छ । स्रोतका अनुसार थपिएको समयमा पनि उनीहरू अन्तर्वार्तामा नआएपछि अब अध्यक्ष नियुक्तिका लागि थालिएको प्रक्रिया रद्द गर्ने तयारी भइरहेको छ । प्रक्रिया रद्द गर्न मन्त्रिपरिषद्‍मा पठाउने तयारी भइरहेको बताइएको छ । 

‘सर्टलिस्ट’मा परेका पाँचजनामध्ये तीनजना प्रस्तिस्पर्धीहरूले व्यावसायिक प्रस्तुतीकरण र अन्तर्वार्ता दिएका भए मन्त्रिपरिषद्‍मा नाम सिफारिस गर्न मिल्थ्यो । तर, दुईजनाको मात्र प्रस्तुतीकरण र अन्तर्वार्ता भएकाले प्रक्रिया रद्द हुनेछ । 

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  ११:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro