site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
पुटिनलाई उत्तर कोरियामा भव्य स्वागत, मन्त्रीहरूको लर्को
SkywellSkywell

प्योङयाङ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई उत्तर कोरियामा भव्य स्वागत गरिएको छ । उनी दुई दिने भ्रमणका लागि अहिले उत्तर कोरिया पुगेका छन् । उनी बिहान ३ बजे उत्तर कोरिया पुगेका हुन् ।

उनी बिहान सबेरै पुगे पनि उत्तर कोरियाली नेता किम जोङ उनले पुटिनलाई अंकमाल गर्दै रातो कार्पेटमा स्वागत गरेका थिए । यो जोडीले आज (बुधबार) फोटो सेसन, ९० मिनेटको वार्ता र टि पार्टी समेत गरेर करिब ९ घण्टा सँगै बिताउने जनाइएको छ । पुटिनको स्वागतका लागि प्योङयाङमा विभिन्न किसिमले बेलुन सजाइएको छ ।

Dabur Nepal
NIC Asia

पुटिन २४ वर्षपछि उत्तर कोरिया पुगेका हुन् । दुवै देशले यसअघि आपसी सैन्य सम्बन्ध विस्तार गर्ने जनाएका थिए । उत्तर कोरियापछि पुटिन भियतनाम जाने कार्यक्रम छ ।

पुटिनका साथ मन्त्रीको लर्को
पुटिनको उत्तर कोरिया भ्रमण दलमा महत्वपूर्ण रुसी मन्त्री र सरकारी अधिकारीको लर्को देखिएको छ । भ्रमण दलमा विदेशमन्त्री सर्जेइ लाभरोभ, उपप्रधानमन्त्री डेनिस मान्टुरोभ, अर्का उपप्रधानमन्त्री अलेक्ज्यान्डर नोभाक, रक्षामन्त्री एन्द्रेई बेलोउसोभ, उपरक्षामन्त्री अलेक्सेइ क्रिभोरुच्को, स्वास्थ्यमन्त्री मिखाइल मुरास्को छन् । 

भ्रमण दलमा यातायात मन्त्रालयका प्रमुख रोमन स्टारभोएट, रसियाको स्पेस एजेन्सीका प्रमुख रोस्कोमस युरी बोरिसोभ, रुसी रेलवेका प्रमुख ओलेग बेलोजेरोभ र रसियाको सुदूरपूर्व प्राइमोरीका गभर्नर ओलेग कोजेमिया छन् । बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ५, २०८१  ०९:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu