site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आत्मघाती गोल उपहार पाउँदा फ्रान्सको विजयी सुरुआत, स्लोभाकियासँग बेल्जियम निराश
Siddhartha BankSiddhartha Bank

काठमाडौं । युरो–२०२४ को आफ्नो पहिलो खेलमा अस्ट्रियाबाट आत्मघाती गोल उपहार पाएपछि फ्रान्सले १–० को कठिन जित निकालेको छ ।

सोमबार जर्मनीको मेर्कुर स्पेइल एरिनामा भएको खेलमा अस्ट्रियाका म्याक्सिमिलियम वोबेरबाट ३८औँ मिनेटमा आत्मघाती गोल भएको थियो । यही गोल २०२२ को विश्वकप फाइनालिस्ट फ्रान्सको जित निर्णायक बन्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

जितसँगै पहिलो खेलबाट तीन अंक जोडेको फ्रान्स समूह ‘डी’ को दोस्रो स्थानमा उक्लिएको छ । पहिलो खेलमै पराजित भएको अस्ट्रिया तालिकाको पुछारमा छ । समूहमा तीन अंक नै जोडे पनि गोलआधारमा नेदरल्यान्ड्स तालिकाको शीर्ष स्थानमा छ । यो समूहमा फ्रान्स, नेदरल्यान्ड्स, पोल्यान्ड र अस्ट्रिया छन् ।

सोमबार राति नै भएको अर्को खेलमा बेल्जियमले स्लोभाकियासँग १–० को हार बेहोरेको छ । स्लोभाकियाको जितमा इभान श्रान्जले निर्णायक गोल गरे ।

Global Ime bank

जितसँगै तीन अंक जोडेको स्लोभाकिया समूह ‘इ’ को दोस्रो स्थानमा उक्लिएको छ । पहिलो खेलमै हार बेहोरेको बेल्जियम तालिकाको तेस्रो स्थानमा छ । यो समूहमा स्लोभाकिया र बेल्जियमसँगै रोमानिया र युक्रेन छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १०:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement