site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युरोपियन च्याम्पियनसिपको सबैभन्दा धेरै दर्शकको कीर्तिमानभन्दा अघि अर्जेन्टिना र चिलीबीचको खेल 

काठमाडौं । विश्व फुटबलका समर्थकले हाल युरो–२०२४ र कोपा अमेरिका–२०२४ को आनन्द एकसाथ लिइरहेका छन् । जुन मध्यदेखि सुरु भएको युरो र यसै महिनाको तेस्रो सातादेखि सुरु भएको कोपा अमेरिकामा हाल समूह चरणका खेलहरू चलिरहेका छन् । 

यी दुवै प्रतियोगिता एकसाथ सुरु हुँदा समर्थकहरू र फुटबल विश्लेषकमै पनि युरो र कोपाको तुलना चर्चाको केन्द्रमा रहने गर्दछ । यसैबीच कोपा अमेरिका–२०२४ अन्तर्गत अर्जेन्टिना र चिलीबीचको खेलले युरोपियन च्याम्पियनसिपको इतिहासमै सबैभन्दा ठूलो दर्शक संख्याको कीर्तिमान तोडेको छ । 

अर्जेन्टिनाले मंगलबार बिहान अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ रंगशालामा चिलीविरुद्ध प्रतिस्पर्धा गरेको थियो । उक्त रंगशालामा विश्व फुटबलका बलिया यी दुई देशबीचको खेल हेर्न टिकट नै ‘सोल्ड आउट’ भएको थियो । यो रंगशालाका कुल क्षमता ८२ हजार ५०० प्यारापिटको छ । 

अर्जेन्टिना र चिलीबीचको खेलले युरोपियन च्याम्पियनसिपको इतिहासमा सबैभन्दा धेरै दर्शकको उपस्थिति भएको स्पेन र सोभियन युनियनबीचको खेललाई पछि पारेको हो । सन् १९६४ जुन २१ मा स्पेन र तत्कालीन सोभियन युनियन युरोपियन च्याम्पियनसिपको उपाधिका लागि मड्रिडस्थित सान्टियागो बर्नबेउमा प्रतिस्पर्धाका लागि उत्रिएका थिए । उक्त खेलमा स्पेनले सोभियत युनियनलाई २–१ हराउँदै च्याम्पियनसिपको उपाधि घरमै राखेको थियो । 

कोपा अमेरिकाको इतिहासमा भने सर्वाधिक दर्शक उपस्थित भएको खेलको कीर्तिमान भने मेक्सिको र जमैकाबीचको खेलले राखेको छ । सन् २०१६ को जुन ९ मा क्यार्लिफोनियास्थित रोस बल रंगशालामा भएको यो खेलमा कुल ८३ हजार २६३ जना दर्शक उपस्थित भएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १४:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro