site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
५१ वर्षीय पुरुषको हत्यापछि शव नै गायब बनाउन खोज्ने शिक्षिका पक्राउ
Siddhartha BankSiddhartha Bank

काठमाडौं । बैतडीमा एक शिक्षिकाले पुरुषको हत्या गरेर शव नै गायब पार्न खोजेको खुलेको छ । पाटन नगरपालिका–६ का ५१ वर्षीय वीरभान सिंह विष्टको हत्या गरेर शव नै गायब पार्न खोजेको खुलेको हो । आरोपी पक्राउ परेको एक दिनपछि प्रहरीले शव फेला पारेको छ ।

बैतडीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भीमकान्त शर्माले शव सोमबार बिहान पाटन नगरपालिकाकै सूर्यनय खोलामा प्लाष्टिकले पोको पारेको अवस्थामा फेला परेको जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

वीरभानको हत्या आरोपमा प्रहरीले आइतबार ३६ वर्षीया भागरथी विष्टलाई पक्राउ गरेको थियो । भागरथी एक प्राथमिक विद्यालयकी शिक्षिका रहेको सीडीओ शर्माले बताए ।

प्रहरीका अनुसार हत्यापछि शव व्यवस्थापनका लागि उनले एक अटो चालकलाई प्रयोग गरेका थिए । शनिबारदेखि परिवारको सम्पर्कमा नआएका वीरभानको हत्या सोही दिन राति भएको प्रहरीले जनाएको छ । शव भने भागरथीले आइतबार मात्रै गायब पार्न अटो चालकलाई प्रयोग गरेका थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १५:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement