देश
काठमाडौं । देशका केही नदीमा आज (सोमबार) आकस्मिक बाढीको जोखिम छ । ताप्लेजुङ, पाँचथर, इलाम, झापा र तेहथुम भई बहने केही साना नदीमा आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । यस्तै, संखुवासभा, खोटाङ, भोजपुर, धनकुटा, मोरङ, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, चितवन, कास्की, म्याग्दी र पर्वत भई बहने साना नदीहरूमा बहाव बढ्ने सम्भावना छ ।
ठूला नदीहरूमा पनि जलसतह बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असार ३, २०८१ ११:४७
प्रतिक्रिया दिनुहोस्