site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
धितोपत्र बोर्ड अध्यक्षका तीन आकांक्षीलाई अन्तर्वार्ताका लागि बुधबार बोलाइयो
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डका लागि 'सर्ट लिस्ट'मा परेका पाँच जनामध्ये तीनजनाले आगामी बुधबार कार्ययोजनाको प्रस्तुति र अन्तर्वार्ता दिने तय भएको छ ।

पाँचै जनालाई आज बोलाइएकोमा सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठमात्र प्रस्तुतीकरण र अन्तर्वार्तामा सहभागी भए । नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्की, नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी र तत्कालीन बिमा समिति (हाल नेपाल बिमा प्राधिकरण)का पूर्वअध्यक्ष चिरञ्जिवि चापागाईं भने आज उपस्थित भएनन् ।

Prabhu Bank
Agni Group
NIC Asia

अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले सूचना जारी गर्दै कार्की, अधिकारी र चापागाईंलाई बुधबार प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको हो । उनीहरू नेकपा (माओवादी केन्द्र) निकट हुन् ।

स्रोतका अनुसार उनीहरूले केही दिनको समय मागेकाले तीन जनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको समय बुधबारका लागि तोकिएको हो ।

Global Ime bank

तर, अध्यक्षमा आफूहरूको सम्भावना न्यून देखिएपछि उनीहरू प्रस्तुतीकरण र अन्तर्वार्तामा सहभागी नभएको हुन सक्ने पनि अनुमान गरिएको छ । केही समयअ‍घि यी तीन जनामध्ये दुई जनासँग कुराकानी गर्दा एमालेका अध्यक्ष केपी शर्मा र व्यापारीहरूले सन्तोष नारायणलाई रुचाएकाले प्रस्तुतीकरण र अन्तर्वार्तामा ढिलाइ भएको र आफूहरूको सम्भावना कम रहेको बताएका थिए ।

०८० पुस २१ गतेदेखि नेपाल धितोपत्र बोर्ड कार्यकारी अध्यक्षविहीन छ । कार्यकारी अध्यक्ष नहुँदा नियमित काम नै प्रभावित हुँदै आएका छन् । धितोपत्र ऐनमा अध्यक्ष नहुँदा अर्थ मन्त्रालयको प्रतिनिधि कार्यवाहक अध्यक्ष हुने व्यवस्था छ । सोही अनुसार अहिले अर्थ मन्त्रालयका सहसचिव नरेन्द्रकुमार राणा अध्यक्ष छन् । उनी सरकारी कर्मचारी भएकाले बोर्डका नियमित काममा जोखिम लिन चाहँदैनन् ।

आईपीओको स्वीकृति दिन पनि सक्ने अवस्थामा राणा छैनन् । हाइड्रोपावरको आईपीओ प्रक्रिया बोर्डमा गएर रोकिँदा काम नै ठप्प भएको गुनासो व्यवसायीहरूले गर्दै आएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २, २०८१  १९:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement